१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दक्षिण एसियाली मुलका अमेरिकन नागरिक जोया चौधरी विधान सभा सदस्यमा चुनाव लडदै


Ang

१३ भाद्र २०७६, शुक्रबार  

0
Shares

दक्षिण एशियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्र्तगत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्शन हाइटपूर्वी एल्मष्ट र उडसाइड अन्र्तगत ३४ नम्बर डिष्ट्रिकबाट उम्मेदवार हुने घोसना गरेका छन्  । नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एशियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होमिएका छन् ।  प्रगतीशिल युवा उम्मेदवार मानिने ३५ बर्षिय चौधरी अमेरिकन आर्मीमा कार्यरत छन् । राजनीतिक रुपमा बिद्यार्थी जीवनकालदेखी नै खारिएका चौधरी लर्गोडिया कलेजमा बिद्यार्थी समुहको अध्यक्ष थिए । यस्तै चौधरीसंग कुइन्स काउन्टी योङ डेमोक्र्याट समुहको कोषाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । भने उनले २२ डिष्ट्रिकका काउन्सिल म्यान कोष्टा कोन्स्टानटिनिजडेजको कार्यालय मा समुदाय समन्न्वयकर्ता  रहेर काम गरेका छन् । चौधरीले सन् २०१५ मा न्यु योर्क राज्य मा गभर्नर कुमो को कार्यालय बाट  बिद्यार्थीहरुले अतिरिक्त कक्षाको रकम घटाउनुपर्ने माग राखि गरेको आन्दोलनको नेतृत्व समेत गरेका थिए ।

साउथ एशियन मुलुकबाट अमेरिका आइ बसोबास गर्नेहरुलाई एकिकृत गरेर चौधरीले भोटर एशोसियशनको समेत शुरुवात गरेका छन् । साउथ एशियन भोटर एशोसियशनका अध्यक्ष समेत रहेका चौधरी कुइन्स काउन्टीबाट उम्मेदवार भएकाले चुनाव जित्ने आकलन गरिन्छ । एशियन अमेरिकन समुदायको ठुलो हिस्सा कुइन्स क्षेत्रमा बसोबास गर्दछ । चौधरी एक सक्षम उम्मेदवार हुन्एल्मष्ट हस्पिटल बोर्ड सदस्य यादव बास्तोलाले भनेउनले चुनाव जितेमा हाम्रो आवाज अमेरिकी कानुनमा समावेश हुनेछ । बास्तोलाले भनेयो ठुलो उपलब्धी समेत हुनेछचौधरी न्यूयोर्क राज्यको कानुन निमार्ण गर्ने समितिको उम्मेदवार भएकाले साउथ एशियन समुदायलाई सहयोग हुनेछ ।

करिअरको शुरुवात ट्याक्सी डाइभरबाट गरेका चौधरीले चुनाव जितेमा न्यूयोर्क राज्यमै पहिलो हिन्दु समुदायको नेता हुनेछन् । साउथ एशियन समुदायका मुद्धा जस्तै अध्यागमनभाषा समस्याबिद्यार्थीका लागि अतिरिक्त कक्षा सहयोग लगायतका बिषयमा सहयोग गर्दै आएका चौधरीले नेपाली समुदायको हितमा समेत काम गरेका छन् । चौधरीले नेपाली समुदायका लागि एल्मष्ट अस्पतालमा नेपाली प्रतिनिधि नियुक्तीमाउन्ट एभरेस्ट सडक को नामकरण र ड्राइभिङ लाइसेन्स निवेदन नेपाली भाषामा दिन पाउने व्यवस्था लगायतका बिषयमा सिटी काउन्सिलसंग सहकार्य गर्दै सहयोग गरेका छन् । चौधरीलाई कुइन्स क्षेत्रका धेरै प्रगतीशिल नेताहरुको सहयोग रहेको जनाइएको छ । जिल्ला अधिवक्ता उम्मेदवार रहेकी टिफिनी कबानको चुनावका बखत उनी सक्रिए भएर लागेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ३९ बजे