१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

नारी दिवसको अवसरमा फिप्नाद्वारा अन्तर्क्रिया



नेपाल आदीवासी जनजाति महासघं अमेरिका (फिप्ना) ले अन्तराष्ट्रिय नारीदिवसको अवसरमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्वकृषि राज्यमन्त्री तथा बागमती प्रदेशका पूर्व उपसभामुख राधिका तमाङ, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा, आदिवासी जनजाति महिला महासंघ, अमेरिकाकी संस्थापक अध्यक्ष संगिनी राना मगर, सोसियल सेक्युरिटी लाईसेन्स प्राप्त प्रशिक्षक डाजिमा शेर्पा प्रमुख वक्ता रहेको कार्यक्रम संस्थाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फिप्नाका महासचिव दिपक चौधारी र सचिव शान्ती गुरुङले सञ्चालन गरेको कार्यक्रममा फिप्नाका वरिष्ठ उपअध्यक्ष तुल बहादुर तमाङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा फिप्नाका सलहाकार संघीय परिषद्का सभामुख भारती राई, सदस्य संस्थाका अध्यक्षहरु नेपाल सरकारका पूर्व पर्यटन सद्भावनादूत केशवराम राई, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङ, नेपाली अमेरिकन कलाकार सघंका अध्यक्ष वशान्ती राई ,क्वीन्स काठमाडौं लायन्स क्लबका प्रतिनिधि, एनआरएनए न्युयोर्क च्याप्टरका महिला उपअध्यक्ष लक्ष्मी थापालगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अन्तर्क्रियामा पूर्व राज्यमन्त्री राधिका तमाङले आफु नेतृत्व पङ्तीमा रहँदै गर्दा सिगों आदिवासी जनजातिको अधिकारको मुद्दालाई जोडदारसँग सदन उठाउने गरेको र सधै उठाईरहने प्रतिवद्धता समेत व्यक्त गरिन् । साथै उनले आदिवासीको मुद्दालाई राजनीतिक हिसाबले नहेरी जुनसुकै पार्टीबाट आबद्ध भएपनि सबैले सबैतिरबाट एकजुट भएर लाग्नु पर्ने बताइन् । अनेरास्वियूकी केन्द्रीय अध्यक्ष आरती लामाले आदिवासी जनजातिले शिक्षालाई प्रथामिक्ता दिनुपर्नेमा जोड दिंदै शिक्षाको अबस्था उन्नत बनाउन नसकेसम्म लक्ष्यमा पुग्न नसकिने बताइन् ।

आदिवासी जनजाती महिला महासंघ, अमरिकाकी संस्थापक अध्यक्ष सगिंनी राना मगरले आदिवासी जनजातिको मुद्दाहरु महिला र पुरूषको सयुक्त प्रयासबाट मात्र सम्बोधन गर्न सकिने भएकोले कुनै पनि मुद्दामा महिला पुरूषको सयुक्त सहभागिता जरुरी भएको बताइन् ।

अर्का बक्ता डाजिमा शेर्पाले सोसियल सेक्युरिटीसम्बन्धी महत्वपूर्ण जानकारीहरु दिंदै कसरी कुन उमेरमा कुन कुन अवस्था महिला वा पुरूषले सोसियल सेक्युरिटी क्लेम गर्न सकिन्छ भन्ने लगायतका कुराहरुमा प्रष्ट पारिन् । सोसियल सेक्युरिटी सम्बन्धी कुनै पनि समस्य वा जिज्ञासा भए सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरिन् ।

यसैगरी आदिवासी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष ईनिदिरा चोङवाङले कार्यक्रममा छलफल भएका बिषयबस्तु सारांशमा प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखिन् । जनजाति महासंघका संघीय परिषदका सभामुख भारिती राईले आफ्ना मन्तव्यका साथै उपस्थित सम्पूर्णलाई धन्यवाद दिइन् ।

फिप्नाका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन भएको घोषणा गरे ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : १९ बजे