११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अमेरिकामा नेपाली मुक्तक वाचन


Ang

२३ भाद्र २०७६, सोमबार  

0
Shares

अमेरिकामा पहिलो पटक नेपाली मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्युयोर्कमा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाले आ आफना रचना सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा नेपाली समुदायको पहिचान स्थापित गराउन यस्ता साहित्यिक कार्यक्रमले ठूलो सहयोग पुग्ने धारणा ब्यक्त गरेका थिए ।

नेपालबाट कार्यक्रममा सहभागी हुन आइपुगेका मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले मुक्तक आकारमा सानो भए पनि यो लेख्न त्यति सजिलो नभएको र मोटो गद्य पुस्तकभन्दा उत्कृष्ट मुक्तक शक्तिसाली हुने बताएका थिए । त्यस्तै डा. तारा निरौलाले शक्तिसाली विधा मुक्तकप्रति साहित्यकारको आकर्षण बढेकोमा खुसी व्यक्त गरेका थिए ।

साहित्यकार डा. मधु माधुर्यले नेपाली मुक्तकको इतिहास निकै पुरानो भएको जानकारी दिंदै वर्तमानमा मुक्त विधाप्रति साहित्यकारहरूको आकर्षण बढ्नु राम्रो पक्ष भएको बताएका थिए । सञ्चारकर्मी शैलेष श्रेष्ठले कार्यक्रममा वाचित मुक्तबाट आफू आनन्दित भएको र आगामी दिनमा मुक्तक लेखनतिर लाग्ने बताएका थिए । त्यस्तै कार्यक्रमका सभापति आनन्द श्रेष्ठले नेपाली मुक्तक विधाको विकास र विस्तारका लागि न्युयोर्क महानगरमा पनि नियमित कार्यक्रमहरू गर्ने योजना सुनाएका थिए ।
कार्यक्रममा नदिया लिवाङ, ज्योतिकुमार श्रेष्ठ, विजया सिंखडा, व्याकुल पाठक, अच्युत सिग्देल, शान्ता अधिकारी घिमिरे, पद्मा लिंखा मगर, डा. गोविन्द कोइराला, रश्मि भट्ट, विनोद रोका, कुन्ती थापा, लक्ष्मी श्रेष्ठ, पुष्पा अधिकारी, किशन सिंह धामी, पुनम काफले, पुरुषोत्तम पन्थी, कमला प्रसाईं, कविन विक्रम शाह, बदि्र पौडेल, ज्योति पौडेल, जानुका वस्ती ढकाल, पुष्कर बराल, सौरभ कारञ्जित, सिर्जना शर्मा, डा. तारा निरौला, आनन्द श्रेष्ठ, रमेश पौडेल, डा. मधु माधुर्य लगायतले मुक्तक वाचन गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : २२ बजे