७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

टिएसएनए तीन महिनामै ५० हजार डलरको फन्ड जुटाउन सफल, विधान संशोधन गर्दै सकियो पहिलो साधारण सभा


१ आश्विन २०७६, बुधबार  

0
Shares

ङिमा पाख्रिन/डिसी मेट्रो 

उत्तर अमेरिकामा रहेका तामाङ समुदायको संस्कृति, संस्कार, भेषभुषा, धर्म, भाषा, आर्थिक, शैक्षिक, सामाजिक क्षेत्रको विकास, संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था तामाङ सोसाईटी अफ नर्थ अमेरिका (टिएसएनए)को प्रथम वार्षिक साधारण सम्पन्न भएको छ ।

सेप्टेम्बर १४ र १५ तारिखमा अमेरिकाको डिसि, मेट्रो एरियामा आयोजित साधारण सभा बुद्ध धर्म परम्पराअनुसार प्रार्थनापछि नेपाल जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष एवं प्रमुख अतिथि मान रानामगर र टिएसएनएका अध्यक्ष लक्यान लामाले दीप बालेर आरम्भ गरेका थिए ।

सभामा अमेरिकी राष्ट्र गान, नेपाली राष्ट्र गान र तामाङ जागरण गीत प्रस्तुतपछि तामाङ सोसाइटी अफ ग्रेटर वासिङटनका अध्यक्ष उत्तर लामा दोङले सबैलाई स्वागत गरे । साधारण सभामा आइपुगेका सबैलाई धन्यवाद दिँदै दोङले यो तामाङ समुदायका लागि ऐतिहासिक अवसर भएको बताए ।

कार्यक्रममा टिएसएनका अध्यक्ष लामाले सबैको सहयोगमा यो यात्रा जारी रहेको बताए । उनले भने, ‘लामो समय काम गरेको अवस्थामा सबैको भावनालाई समेट्नु नै चुनौति थियो । सल्लाहकारको सहयोगमा टिएसएनए साढे एक वर्षको दौरानमा छौ । अब नयाँ योजनाका साथ अघि बढ्नुपर्छ भनेर अघि बढेको घडीमा छौ ।’ यसैगरी यो समयमा आफ्नो पहिलो योजना सफल भएकोसमेत उनले बताए । अध्यक्ष लामाले भने, ‘सबैबाट विश्वास लिनुपर्ने थियो । हाम्रो कार्यसमितिले सबै साथीहरुको विश्वास र नयाँ प्रोजेक्टका साथ अघि बढ्नुपर्ने लक्ष्यका साथ अघि बढ्यो । कतिले भन्थे यो विलाएर जान्छ । तर, यस्तो हामीले हुन दिएनौ । हाम्रो मिसन लन्च गर्न अभियानमा लाग्यौ । समूदायमा पर्न जाने आपतकालीन सहयोगका लागि ५० हजार डलरको फन्ड बनाएका छौं । त्यो एक वर्ष भित्र पुरा गर्ने लक्षका साथ बनेको योजना थियो तर तीन महिनामै सफल भयो । यसले अरु काम गर्न पनि हौसला दिएको छ ।’विशेष अतिथि डा श्याम लामा बलले तामाङ समाज यसरी फैलिएकोमा आफूलाई एकदमै खुसी लागेको बताए । उनले भने, ‘अमेरिकामा आएपछि धेरै संस्थासँग हेलमेल गर्ने अवस्था आयो । कति संस्था बिलाउँदा जाँदा हाम्रो संस्था अघि बढेको छ, फैलिएको छ । झिनामसिना कुरालाई बिर्सेर अघि बढ्नुपर्छ ।’

विशेष अतिथिका रुपमा अमेरिका एनआरएनका उपाध्यक्ष बीआर लामाले विदेशमा सिकेका सीपहरु नेपालमा रहेको तामाङहरुमा लगानी गर्न आग्रह गरे । यसका लागि फरक ढंगले जानुपर्ने सुझाव लामाले दिएका थिए । त्यसका लागि तामाङ समुदायमा एकता हुनुपर्ने उनको भनाई थियो ।

प्रमुख अतिथि फिप्नाका अध्यक्ष मान रानामगरले टिएसएनको भुमिका प्रशंसनीय रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

समाजका सल्लाकारहरु सुबास लामा, इन्द्र तामाङ, भरत लामा, सूर्य तामाङ, सन्तोष घिसिङ, लोक लामा गोले, फुर्बा घिसिङ, नेत्र घिसिङ, डिगबहादुर तामाङ, तामाङ सोसाइटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योन्जन, तामाङ कोअपरेसन सोसाइटी क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामा दोङ, तामाङ सोसाइटी अफ ग्रेटर वासिङटन्की पूर्व महासविव रोजी लामा लगायतले शुभकामना दिएका थिए ।

सभामा गायकहरु सन्जोक योन्जन र सागर वाइबालाई प्रस्तुतीका लागि प्रसंशपत्र प्रदान गरिएका थिए ।

टिएसएनएका महासचिव श्रीमती डोल्मा लामाले सन्चलान गरेकी सभामा उपाध्यक्ष तथा प्रथम वार्षिक साधारण सभा संयोजक शेर थोकर तामाङले धन्यबाद ज्ञापन मन्तब्य दिएका थिए । उक्त सभामा अमेरिकाको बिभिन्न राज्यहरुबाट प्रधिनिधिहरु र तामाङ समाजका अगुवाहरु, कलाकारहरु र पत्रकारहरुको समेत उपस्थित रहेका थिए ।

दुई दिने सभाले केन्द्रीय प्रणालीमा सञ्चालन हुँदै आएको संस्था संघीय प्रणालीमा सञ्चालन हुने गरी विधान संशोधन गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : १९ बजे