१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

एनआरएनएमा आर्थिक पारदर्सिता र आपतकालिन कोष ब्यबस्थाको लागी एसि शेर्पाद्धारा सहकोषाध्याक्षमा उम्मेद्धवरी


Ang

९ आश्विन २०७६, बिहिबार  

0
Shares

गैरआवासीय नेपाली संघ ( एनआरएनए आइसिसि) को काठमाडौमा हुन लागेको ९ औं विश्व सम्मेलन तथा महाधिवेशनमा पुर्व अमेरिकाज क्षेत्रिय उप संयोजक आङ छिरि एसी शेर्पाले सहकोषाध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन । सम्मेलन आगामी अक्टुबरको १५ देखि १७ सम्म हुने सम्मेलनले दुई बर्षको लागी नया कार्यसमिति चयन गर्नेछ ।

एनआरएनएमा आर्थिक अनुशासन, पारदर्शिता र श्रोत बिकास भन्ने तीन प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रेका शेर्पा नेपाल सरकारको वासिङटन स्टेटको अवैतानिक बाणिज्यदुत हुन । नेपालको पूर्वी पहाडी जिल्ला सोलुखुम्बुमा जन्मिएका उनी अध्ययनको क्रममा सानै उमेरमा अमेरिका आएका थिए । अमेरिकामा अध्ययन सकेर वाशिङटन, सियाटलमा पर्यटन र अन्य विभिन्न ब्यबसायहरु सम्हाल्दै आएका छन ।

सगरमाथा लगायत विश्वका सात चर्चित हिमालहरु सेभेन समिट आरोहण गरिसकेका उनले सगरमाथा शिखरमा गैरआवासीय नेपाली संघको झण्डा पुुर्‍याउन सफल भएका थिए । पर्वतारोहण र पर्यटन व्यवसायसंगै सामाजिक सेवाको भावनाले सियाटाल र नेपालमा उनले दर्ता गरेको सेभेन समिट फाउण्डेशन नामक सस्था मार्फत सोलुखुम्बु र सिन्धुपाल्चोकमा विभिन्न सामाजिक सेवा गदै आएका छन ।

लामो समयदेखिन एनआरएनएमा लाग्दै आएका शेर्पा सन २०१३ देखि २०१५ सम्मको कार्यकालमा अमेरिकाज क्षेत्रबाट आइसीसीको सदस्य र त्यसपछि सन २०१५ देखि २०१७ सम्मको कार्यकालमा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकको रुपमा कार्य गरेका थिए । कार्यसमितिमा रहेर काम गर्ने सिलसिलामा उनले एनआरएनएको भवन निर्माणको लागी २९ लाख रुपिया दान दिनुको साथै लाप्राकको नमुना बस्ती, भुकम्प पिडित र बाढीपिडितलाई आर्थिक सहयोग गदै आएका छन ।

‘ गैरआवासीय नेपाली संघमा आर्थिक पक्षमा पारदर्सि र व्यवस्थीत गर्नका लागी मैले सहकोषाध्याक्ष पदमा उम्मेद्धवरी दिएको हो ‘ पुर्व उपसंयोजक एसि शेर्पाले भने -‘अमेरिकामा मैले गदै आएको व्यवसायमा लगानी र सफल अनुभवसंगै सस्थालाई पनि उचाईमा पुर्‍याउने सोच हो । उनले भने — ‘ दुई बर्ष सस्था बाहिर बसेर पनि सस्थालाई माया गदै नेपालको ग्रामीण भेगमा सेवा गदै आएको छु अब सस्थामा बसेर सस्था मार्फत धेरै कामहरु गर्ने थप योजना रहेको छ ।  एनआरएनएमा आपतकालीन कोषको ब्यबस्था गरि अनुशाशित रुपमा चलाउने मेरो मुख्य योजना हो ‘।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ९ : ०१ बजे