४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

रामलक्ष्मण मेसिनले धोका दिँदा एनआरएनको मतदान स्थगित!


२९ आश्विन २०७६, बुधबार  

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) को मतदान स्थगित भएको छ ।

मंगलबार साँझका लागि तोकिएको मतदान ढिला गरि शुरु भए पनि मतदान यन्त्रमा समस्या देखिएपछि मतदान स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

मतदान यन्त्र रामलक्ष्मण दाजुभाइले बनाएका हुन् । अब भोलि छलफलपछिमात्र मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि पाँच बजेका लागि तोकिएको मतदान ढिला गरि शुरु भएको थियोे । केही देशले पठाएको मतदाता सूची अनुमोदन नगर्दिँदा विवाद उत्पन्न भएकोमा सहमतिपश्चात मतदान शुरु भएको केही बेरमै मतदान स्थगित भयो ।

निर्वाचन स्थगित भएकोमा लामो समय लाइनमा उभिएकाहरु आक्रशोत बनेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ५२ बजे