ट्रम्प अर्को महिना बेलायत जाने
२०७६ मंसिर १, आईतवार १२:०३

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो महिना बेलायत जाने भएका छन् ।
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को ७० औं वार्षिक सम्मेलनमा सहभागी हुन उनी बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
आउँदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उनले बेलायती महारानी एलिजाबेथ द्वितियालाई पनि भेट्ने छन् ।
‘राष्ट्रपति ट्रम्प नेटोको वार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँ नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,’ ह्वाईट हाउसका एक अधिकारीले भने ।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख छ ।