८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

हाबर्ड विश्वविद्यालयमा ह्योल्मो छोरी


Ang

४ माघ २०७६, शनिबार  

10
Shares

तेम्बा दोङबा ह्योल्मो

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउपालिका वडा नं. २ ह्योल्मो श्यगेन्चे स्थायी घर भई हाल अमेरिकाको न्युयोर्कमा बसोबास गरिरहेका डाण्डुल लामा ह्योल्मो तथा श्रीमती चेङा लामा ह्योल्मोकी छोरी रेच्याल ल्हामु लामा अन्डर गेज्य्रुयट अध्ययनका लागि विश्वविख्यात हाबर्ड विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिका साथ भर्ना भएकी छिन् ।

न्युयोर्क सहरको म्यानह्याटनमा अवस्थित स्पेन्स स्कुलबाट हाईस्कुल ग्रज्युएसन गरेकी रेच्यालले गत अगस्टबाट हार्बड विश्वविद्यालय अन्तर्गतको हार्बड कलेजमा अध्ययन सुरू गरेकी हुन् ।

उनले किन्डरगार्डनदेखि हाईस्कुल अर्थात् कक्षा १२ सम्म स्पेन्स स्कुलमै अध्ययन गरेकी हुन् । उक्त स्कुल महागो निजी विद्यालय भए पनि उनको प्रतिभा, लगनशिलता एवं पढाइमा अब्बल भएकै कारण पूर्ण छात्रवृत्तिका साथ अध्ययनको अवसर पाएकी थिइन् ।

न्युयोर्कको म्यान्हेटनमा अवस्थित स्पेन्स जस्तो महाङगो निजी स्कुलमा कसरी भर्ना पाउन सफल भयौ भन्ने प्रश्नमा, उनी सानै छादा उनकी आमाले आफू कार्यरत नेल्स सलोनमा रेच्याललाई संगै लगेर जान्थिन् रे एक दिन उनको एक जना ग्राहक जसले एउटा कुनामा बसेर एक्लै किताब पढेर बसेकी उनकी छोरी रेच्याललाई देखेर नजिकैको ब्रिक चर्च प्राईभेट नर्सरी स्कुलमा भर्न गर्न आग्रह गरिन् । ती ग्राहक त्यही स्कुलका शिक्षिका थिइन् ।

उनकै सल्लाहअनुसार रेच्याललाई त्यो प्रिकेमा भर्ना गरिदिए अनि पछि त्यहाबाटै उनको प्रतिभा र लगनशिलतालाई देखेर स्पेन्स स्कुलमा भर्ना पाइन् । हुने बिरुवाको चिल्लो पात भनेझैं, उनी सानैदेखि पढाईमा साह्रै मन लगाउने र मिहिनेती भएको उनकी आमा चेङा लामा ह्योल्मो बताउछिन् । उनी सानैदेखि पढाईमा विशेष ध्यान दिने गर्थिन्, विषेशगरी किताबहरु पढ्नमा रुचिदिने र पढाईको अलावा अतिरितm क्रियाकलापहरुमा पनि अब्बल नै छिन् । ‘गीत गाउन, पियानो तथा युकुलिलि बजाउन पनि उनी साह्रै सिपालु छिन्’ उनकी आमा भन्छिन् । स्पेन्स् स्कुलकै क्वायर टोलीमा सहभागी भएर युरोपका विभिन्न देशका सांगीतिक कार्यक्रमहरुमा सहभागी भएकी छिन् । उनी कक्षा ८ मा हुादा ‘वेस्ट सिटिजन अवार्ड’ पनि पाएकी थिइन् ।

सन् २०१७ मा उनले एकजना निसासिएर मर्न लागेका व्यक्तिलाई बचाउन पनि सफल भएकी थिइन् । उनी आफ्नो स्कलबाट घर फर्किंदै थिए र अचानक सबवे स्टेसनमा मान्छेहरुको भीड थियो र एक जना हेम्लिच मेन्यवर गर्न जान्नेको खोजी भइरहेको उनले सुने । प्रथमिक स्वास्थ्य उपचारको तालिम प्राप्त उनी बिना हिच्किचाहट ती व्यक्तिलाई बचाउन अघि सरे । आफूले पाएको ज्ञान र सीपको सही सदुपयोग मात्र गरेनन् एक जना गर्भवती महिला र उनको नवजात शिशुको ज्यान बचाएर उनले साहसिक कार्य गरेकी छिन् ।

उनको यस सहासिक कार्यको स्थानीय सञ्चारमाध्यामले पनि चर्चा गरेको थियो । तर उनी भने त्यति चर्चामा आउन चाहिनन् । एक पत्रकारले चर्चामा आउना नचाहनुको कारण सोध्दा उनले भिनिन्,‘मैले गर्नु पर्ने मानवताको कार्य पूरा गरे, साथै आकस्मिक सेवादाता तथा एम्बुलेन्स पनि आइसकेको हुदा त्यो बिरामीको ज्यान खत्रामुक्त मात्र होइन सुरक्षित पनि थियो । अनि म चर्चामा भन्दा पनि कर्ममा बढी विश्वास गर्छु ।

अमेरिकामा जन्मेको भए पनि उनको नेपाली बोलाई कुनै नेपाली बालबालिकाको भन्दा कम छैन । अंगेजी र नेपाली भाषाको अलावा उनले चाईनिज भाषा पनि एडभान्स् लेभलसम्म अध्ययन गरेकी छिन् । उनी आफ्नो मातृभाषा ह्योल्मो पनि बुझ्दछिन् । चाईनिज भाषाको ज्ञान भएकोले उनले आफ्नो फुर्सदको समयमा चिनिया वृद्धवृद्धाहरुलाई अंग्रेजी भाषा सिकाउने गर्थिन् । उनले चाईनिज भाषाको अभ्यास गर्न र चाईनिज संस्कार तथा संस्कृति अध्ययन गर्न सन् २०१८ मा चीनको अध्ययन भ्रमण पनि गरेकी थिइन् ।

नेपाल छदाँ उच्चशिक्षा अध्ययन गर्न नपाएकी उनकी आमाले अमेरिका आएर काम गर्दै जिईडी उत्तीर्ण गरी नर्सिङ अध्ययन पूरा गरेकी छिन् । आफ्नो आमाको मेहनेत, लगनसीलता र लगावबाट प्रेरित भएर पढ्ने गरेको रेच्याल बताउछिन् । आमाको मेहनत र लगनशिलताबाट प्रभावित अनि बुबाको परिश्रमको उच्च कदर गर्न धेरै मिहिनेत गरेर उच्च शिक्षा हासिल गरेर बाबाआमालाई गर्वानुभूति गराउदै समाजलाई केही योगदान दिने चाहना रहेको रेच्याल बताउँछिन् ।

विश्वविख्यात हार्बड विश्वविद्यालयमा औपचारिक शिक्षाको लागि भर्ना पाउने रेच्यालनै अल्पसंख्यक ह्योल्मो जातिबाट पहिलो हुन् । यसले नया पुस्ताका ह्योल्मो युवायुवतीहरुलाई प्रेरित गर्नका साथसाथै आमह्योल्मोलाई गौरवान्वित बनाएकी छिन् उनले । सम्पूर्ण नेपाली समुदायको तर्फबाट उनको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ११ : ४६ बजे