३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

दुई साता हवाइ सेवा बन्द गर्ने कुवेतको निर्णय, कामदारलाई पनि बिदा



कुवेत (एजेन्सी)– खाडी मुलुक कुवेतले दुई साताका लागि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण व्यवसायिक उडान र अवतरण बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले दुई साताका लागि हवाइ उडान बन्द गर्नेसँगै देशमा कार्यरत कामदारहरूलाई समेत दुई साता बिदा दिने निर्णय पनि गरेको छ।

बिहीबारबाट मार्च २६ सम्म यो निर्णय लागू हुने जनाइएको छ। कुवेती सरकारका प्रवक्ताका अनुसार यो निर्णय कार्गो विमान र विदेशबाट उद्धार गरेर कुवेती नागरिक ल्याउने विमानको हकमा लागु नहुने जनाएको छ।

योसँगै कुवेतले बजार, क्याफे तथा हेल्थ क्लबमा हुने जमघटमा समेत रोक लगाएको छ। कुवेतमा हालसम्म ७२ जनामा कोरना भाइरसको संक्रमण देखिएको छ। कतारमा २ सय ६२ जनामा भाइरसको संक्रमण भेटिएपछि कुवेत सरकारले सम्भावित जोखिमलाई रोक्न भन्दै यो कदम चालेको हो।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १० : ४७ बजे