पद्मा लिंखा मगर
गजल १
कि भमराको सिकार या पत्थरको पाउमा झुक्नु छ
कोमल हुनुको उपहार उही पलपल दुख्नु छ
उपज यही नै हो भने सुन्दर फूल बन्नुको
बगैंचा छोडी मलाई ढुंगाकै लहरमा पुग्नु छ ।
गजल २
जहाँ आकाश छ बुझौं सँगै जमिन छ
जमिनबिनाको आकाश कहाँ अडिन्छ
फूलले घमण्ड नगर्नु जरासँग
जरा छिने फूलको अस्तित्व मेटिन्छ
गजल ३
तिम्रो नजर मेरो लागि अम्मलजस्तै भा’छ
जब भेटें तिमलाई यो मन पागलजस्तै भा’छ
पाइला टेक्छु धरतीमा मन छ कता कता
आकाशमाथि उडिजाने बादलजस्तै भा’छ