१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना जितेर घर फर्केका जीवन बम भन्छन ‘ मनमा नकारत्माक सोच कहिल्यै पनि लिनु हुदैन ‘


Ang

२० चैत्र २०७६, बिहिबार  

0
Shares

कोरोना संक्रमण भएर उपाचार गरिरहेका जीवन बम कोरोनालाई जितेर घर फर्केका छन । उनी कोरोना संक्रमण भएर एक हप्ता अघि लङआइल्याण्डस्थित माउन्टसेनाई अस्पतालमा उपाचारको लागी गएका थिए । अस्पतालको सफल उपाचारसंगै घर फर्केपछि उनले आफनो अनुभव यसरी सुनाएका छन । ‘ म ज्याक्सनहाइटमा व्यवसाय गर्ने बेला बैक र पसलतिर आवजतजावत गदै आएका थिए । एक्कासी १६ दिन अघि मलाई ज्वारो आयो । मैले खासै ख्याल गरेको थिएन ।

भोलिपल्ट झन ज्वारो बडन थालेपछि नजिकको इर्मजेन्सी केयरमा उपाचारको लागी गए । त्यहाबाट ज्वारो कम हुने औषधी खाएर ज्वारो अलि कम भयो । भोलिपल्ट झन बडन थाल्यो । जीउ पनि दुख्न थाल्यो । सुक्खा खोकि लाग्नुको साथै विस्तारै सास फेर्न कठिनाई हुन थाल्यो । ज्वरोले च्यापिएर बोल्दा दम बडने, खोकि लाग्ने श्वास फेर्न नसकिने जस्तो हुन थालेको थियो । निकै ज्वारो आउने चिटचिट पसिना आउन थालेर स्वासप्रस्वासमा समास्या हुन थालेपछि अस्पताल गए । आफु बस्ने ठाउबाट अस्पताल १० माइन मात्र टाढा थियो । शरिर पुरै शिथिल भएपनि आत्माविश्वास बलियो भएकोले त्यतिखेर आफै गाडी लिएर अस्पताल गए । अस्पतालको इर्मेरजेन्सी पार्कमा पुगेवितिकै त्यही अस्पतालमा कार्यरत श्रीमतिलाई फोन गरेर तल बोलाए । गाडीबाट निस्केको वितिकै मलाई चेकआप गर्न तिर लग्यो ।

त्यतिखेर चिकित्सकले सोधेको कतिपय प्रश्नको उत्तर दिन मलाई निकै कठिन भइरहेको थियो । बोल्न सकिरहेको थिएन । अस्पतालको उपाचारको क्रममा स्वस्थ्य स्थितिमा सुधार आउन थालेपछि आफु कोरोना संक्रमित भएको सार्वजनिक गरे । धेरैले चासो र चिन्ता व्यक्त गरेको पायो । आफनो आत्माबल बलियोसंगै अस्पतालको राम्रो उपचारले मैले कोरोनालाई जितेर घर फर्केको छु ’ । म कोरोनाबाट यसरी जिते । तपाईहरु पनि सबभन्द पहिला होसियार हुनुपर्छ । यदि परिवारमा कसैलाई भएमा आइसुलेनमा बस्नु पर्छ । होस या नहोस दुइचार दिन अलगै बस्नु पर्छ । कोरोना लागेको हामी कसैलाई थाहा हुदैन । धेरै ज्वरो आएमा नजिकको इर्मजेन्सी केयरमा जाने । त्यो पनि इमजेन्सी केयरको रेटिङ हेरेर जानु पर्छ ।

यतिखेर जतासुकै धेरै विरामीको चाप भएकोमा सिकिस्त नभएसम्म अस्पतालमा जानु हुदैन । यो रोग जो कसैलाई पनि लाग्न सक्छ । यदि लागेमा कसैले पनि लुकाउनु हुदैन । लुकाएमा आफु पनि नबाच्ने अरुलाई पनि बचाउन सक्दैन । यो रोग लागेको वितिकै र अस्पतालमा उपाचार गर्दा मनमा १ प्रतिसत पनि आफु मर्छ की भनेर कहिल्यै पनि सोच्नु हुदैन । आफनो दिमागलाई सकारत्माक सोचको साथ कोरोनालाई जित्छु भनेर सोच्नु पर्छ । उपाचारको क्रममा कोरोना सम्बन्धीत समाचारहरु हेदै हेर्नु हुदैन । जहिले पनि सकारत्माक समाचारहरु मात्र हेर्ने गनुैपर्छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  २ : ०३ बजे