९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग



काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड– १९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो ।

आर्थिक सहयोग पाउने देशमा बहराई, स्पेन, पोर्तुग र  इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएन, कोभिड–१९ उच्चस्तरीय समन्वय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

संस्थाले पहिलो चरणमा कुवेत, संयुक्त अरब इमिरेट्स, सउदी अरब र साइप्रसमा रहेका संस्थाका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।  संक्रमणका कारण शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७३ पुगेको एनआरएनले जनाएको छ ।

एनआरएन, स्वास्थ्य समितिले संकलन गरेको  तथ्यांकानुसार २७ देशमा रहेका पाँच हजार २४७  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित  छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ५१ बजे