आदीवासी जनजाती महासंघ अमेरिकाले मातृभूमि नेपालमा कोरोना संक्रमणको कारण दुख पाइरहेका मजदुरहरू , सुकुम्वासी तथा सिमान्तकृत समुदायको सहयोगको लागी आर्थिक संकलन गरिरहेको छ । महासंघको यो मानवीय सेवाको भावनालाई न्युयोर्कबासी विभिन्न समुदायका प्रतिनिधिहरु र विभिन्न व्यक्तित्वहरुले गोफण्ड र झेलोबाट आर्थिक सहयोग गरिरहेका छन ।
अहिलेसम्म गोफण्डबाट करिब ५ हजार डलर र झेलोबाट पठाएर करिब १० हजार डलर संकलन भएको छ । सहयोग गर्न चाहनेहरुले गोफण्ड र आफनो एकाउण्टबाट पठाउन सकिने महासंघले जनाएको छ ।
‘ नेपालको विभिन्न ग्रामीण वस्तीहरूमा कोरोना भाईरसको कारण भोकमारी बडनुको साथै धेरैले रोजगारी गुमाएर जनजीवन अस्तव्यस्त भएको यो अवस्थामा राज्यले उचित राहतको व्यवस्थापन गर्न नसकिरहेको वेला हामी प्रवासमा रहेका नेपाली समुदायहरूले थोरै भए पनि मानविय सेवा गरिदिन हामी हार्दिक अनुरोध गर्दछु’ महासंघका अध्यक्ष लोक चेम्जोङले न्युयोर्कमा रहेका नेपाली समुदायलाई मानवीय सेवाको लागी यसरी सहयोगको अनुरोध गरिरहेका छन ।
अध्यक्ष चेम्जोङ, महासचिव नगेन्द्र थापामगर र संघीय सभामुख राजकुमार विष्ट यतिखेर मातृभुमीको सहयोगमा जुटिरहेका छन । ‘ हामीले सोचे जति रकम संकलन गरेको वितिकै चाडो भन्द चाडो दुख पाइरहेका नेपाली दाजुभाईहरु समक्ष यो सहयोग पठाउने योजना बनाएका छौ’ अध्यक्ष चेम्जोङले बताए । महासंघको यो सहयोग अभियानमा सहयोग गर्न चाहनेहरुले यो गोफण्डको साथै अध्यक्ष चेम्जोङ, महासचिव थापामगर र संघीय सभामुख विष्टको जेलो एकाउण्टमा सहयोग गर्न सकिने भएको छ ।
https://www.gofundme.com/f/humanitarian-relief-for-nepal?utm_source=customer&utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link-tip