७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

ओबामाकेएर विरुद्ध सर्वोच्चमा ट्रम्प प्रशासन, दुई करोडको बिमा समाप्त हुन सक्ने



वासिङ्टन कोरोनाभाइरसको महामारीकै बीचमा अमेरिकी ट्रम्प प्रशासनले बिहीबार ओबामाकेएरका नामले परिचित बीमा कार्यक्रम(एफोर्डेबल केएर एक्ट) खारेजीको अनुरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकाे

लकडाउनका कारण पाँच लाखभन्दा बढी मानिसले बिमाको प्रिमियम तिर्न नसकेको समाचार बाहिरिएकै दिन ट्रम्प प्रशासन सर्वोच्चअदालत पुगेको हो राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै यो कार्यक्रम खारेज गर्न पटकपटक प्रयास गरेकाछन्

ट्रम्प प्रशासनले तयार पारेको निवेदनमा कोरोनाभाइरसको बारेमा केही जिकिर गरिएको छैन

ट्रम्प प्रशासनको अनुरोधलाई सर्वोच्चले सदर गरेमा करिब दुई करोड अमेरिकी नागरिकको स्वास्थ्य बीमा समाप्त हुनेछ

रिपब्लीकन पार्टीकै बहुमत रहेको अवस्थामा पनि सन् २०१७ मा ओबामाकेएर खारेज गर्ने राष्ट्रपति ट्रम्पको प्रयास विफल भएपछि उनीकानुनी प्रक्रियामा लागेका हुन्

ओबामाकेएर कानुनमा जटिल स्वास्थ्य अवस्था रहेका मानिसलाई पनि बीमा सुविधा उपलब्ध हुने सुनिश्चितता गरिएकाले यो कानुनीव्यवस्था प्रतिकूल निर्णय गर्न ट्रम्प प्रशासन अदालतमाथि दबाब

तर राष्ट्रपति ट्रम्पले स्वास्थ्य प्रतिकूल भएका कुनै पनि अमेरिकीको स्वास्थ्य संरक्षण गरिने आश्वस्त पार्न खोजेका छन् राष्ट्रपतिको योभनाईप्रति ह्वाइट हाउस वा रिपब्लीकन पार्टीले कुनै ठोस योजना भने अघि सार्न सकेका छैनन्

कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेसँगै करिब दुई करोड ७० लाख मानिस बेरोजगार भएकाले पनिस्वास्थ्य बीमा कार्यक्रममा असर पर्न लागेको हो

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : ३० बजे