२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

शेर्पा किदुगद्धारा १२ औ पटक समुदायमा खाद्य समाग्री वितरण


Ang

२० असार २०७७, शनिबार  

0
Shares

शेर्पा किदुग अमेरिकाले न्युयोर्क सिटिसंग मिलेर न्युयोर्कमा १२ हप्ता निरन्तर रुपमा समुदायमा खानेकुरा वितरण गरेको छ । न्युयोर्कको स्थानीय कृषकहरुबाट उत्पादीत ताजा तरकारी र फलफुलहरु काउन्सील मेम्बर डयानिल ड्रम र ग्रो एनवाइसिको सहकार्यमा किदुगले निशुल्क वितरण गदै आएको हो । हरेक सुक्रबार ३ सय जनालाई वितरण गदै आएको खानेकुरा नेपाली समुदायको साथै अन्य विभिन्न समुदायहरु समेत लाभन्वीत हुदै आएका छन ।

किदुगमा खानेकुरा लिनका लागी विभिन्न समुदायका व्यक्तिहरु विहानदेखिनै किदुगको गुम्बा आसपासमा लाइन लागीरहेका थिए । समुदायलाई वितरण गदै आएको खानेकुरा प्रभावकारी हुदै गएकोले किदुगले बजार नखुलुन्जेलसम्मको लागी वितरण गर्न लागेको जानकारी दिएको छ । ‘ जबसम्म समुदायमा खानेकुराको आवश्यक हुन्छ तबसम्म हामी वितरण गदै जाने छौ’ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने-‘ सिटिबाट १२ हप्ताको लागी भनेकोले अन्तिम भनेको हो तर फेरि सिटिले थपेकोले यो अब निरन्तर हुनेछ ‘ । उनका अनुसार ग्रोएनवाइसिको सहयोग माथि अन्य दाताहरुले दिएको सहयोग समेत थपेर किदुगले सहयोग सामाग्री वितरण गदै आएको छ ।

किदुगले खानासंगै मक्स समेत वितरण गदै आएको छ । खानेकुरा वितरण कार्यक्रममा किदुग कार्यसमितिको साथै युएस नेपाल क्लाइबर्स एसोसियसनका पदाधिकारीहरुले स्वयमसेवकको रुपमा सहयोग गदै आएका छन । त्यस्तै यस अघि किदुगले ३ सय जना एफवान स्टाटासमा रहेका विद्यार्थीहरुको घरघरमा एक महिनालाई पुग्ने खाद्य समाग्री समेत वितरण गरेका थिए । उक्त खाद्य समाग्री विभिन दाताहरुले सहयोग गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ३३ बजे