एनआरएनको दोस्रो विश्व स्वास्थ्य सम्मेलन समापन

२०७७ आश्विन ५, सोमबार १६:५६

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै आइतवार सम्पन्न भएको हो ।

यद्यपी घोषणापत्रमाविज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले बताएका छन् । “धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नो अभिव्यक्ति दिनुभएको छ । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ”, उनले भने । घोषणापत्रले विश्वभरि छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गर्नुभयो ।

दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभरि छरिएका सबै स्वास्थ्यकर्मीलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारीलगायत विषयसमेत घोषणापत्रले समेटेको छ ।

सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुनसमेत घोषणा पत्रले आह्वान गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारी, स्थानीय निकायलगायत सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ ।

दोस्रो विश्व स्वास्थ्य सम्मेलन समापन समारोहमा विभिन्न मुलुकमा रहेका २०० भन्दा बढी स्वास्थ्यकर्मी, सरोकारवाला तथा विज्ञहरुको सहभागिता थियो । पचासभन्दा बढी स्वास्थ्यकर्मी, विज्ञ तथा एनआएएनएका पधाधिकारीहरुले आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार