काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्यशत्रका रुपमा आज ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनःएकीकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धितविषयका विज्ञ र गैरआवासीय नेपालीबीच छलफल भएको छ ।
आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार सहज हुनुपर्ने सरोकारवालाको जोड छ । कोभिड–१९ का कारणका नेपालीकामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सिर्जना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनःएकीकरणका लागिसरकारले काम गरिरहेको बताए । उनले विदेशमा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तरसरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताए । उनले भने, “सबै मिलेर अहिलेको समस्या समाधान गरौँ ।”
सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको गुनासो गरे ।उनले भनिन्, “पीडामा परेका नेपालीको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषयहो ।”
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, पूर्वसचिव तथा वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले आप्रवासी कामदारकोघर फिर्ती, पुनःएकीकरण र रोजगार आजको मूल विषय भएकाले सरकारले त्यतातर्फ ध्यान दिनुपर्ने बताए ।
सङ्घका उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र नेपालीलाई सङ्घ आफैँले सहयोग जुटाएर उद्धार तथा सहायता गरिएको बताए ।उनले महामारीको अवस्थामा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग हुन नसकेकामा दुःख व्यक्त गरे । सङ्घका सचिवसचिव आरके शर्मा, सल्लाहकारद्वय टिबी कार्की र यमकुमार गुरुङ, तथा प्रवक्ता डिवी क्षेत्रीले आप्रवासी नेपाली कामदारको पक्षमासरकारले गम्भीर चासो व्यक्त नगरेको गुनासो गरे।