११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

तामाङ सोसाइटी अफ अमेरिकाको १० औ अधिबेसनले नया नेतृत्व चयन


Ang

३ कार्तिक २०७७, सोमबार  

0
Shares

तामाङ सोसाईटी अफ अमेरिकाको न्युयोर्कमा सम्पन्न १० औ अधिबेसनले छेमाङ तामाङको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिको उपध्याक्षमा कुन्साङ लामा, महासचिवमा प्रविण मोक्तान,सचिवमा राम गोले, कोषाध्याक्षमा निमा ल्हामु तामाङ र सहकोषाध्याक्षमा मनोज तामाङ रहेका छन । त्यस्तै सदस्यहरुमा अनिता मोक्तान, दावा लामा, पासाङ लामा, सुनिता लोप्चन र सानु लामा चयन भएका छन । न्युयोर्कको ज्याक्सनहाइटस्थित सत्यनारायण मन्दिरमा सम्पन्न अधिबेसन गोमा योन्जनका सभापतित्व तथा तामाङ समाज उत्तर अमेरिकाको केन्दि्रय अध्यक्ष लाकेन लामाको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङ, एनआरएनए एनसिसि उपाध्यक्ष बाबुराम लामा र हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा विशेष अतिथिको रुपमा उपस्थित थिए । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष सुवास लामा सहित पुर्व अध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, सुर्य तामाङ, शान्तबाबु थोकरको समेत उपस्थित थिए । कार्यक्रममा अध्यक्ष लक्यान लामाले छ्युमी बालेर कार्यक्रमको उद्घाटन सत्रको उद्घाटन गरेका थिए । त्यस्तै उपाध्यक्ष निमा गोलेले स्वागत मन्तव्य राखेकी थिइन । सस्थापक अध्यक्ष सुवास लामाले संस्थाको इतिहासको बारेमा मन्तव्य दिएका थिए ।

सस्थाले कोभिडको समयमा समुदायमा सहयोग गर्ने संस्थाहरु तामाङ समाज उत्तर अमेरिका, तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया, जनजाती महासंघ अमेरिका, जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मंच, कोरोना विरुद्ध सेचेतना तथा सहयोग समुह, जीपी फाउण्डेशन अमेरिका लगायत संघ संस्था र व्यक्ति विशेषलाई धन्यवाद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यसै गरि संस्थालाई स्थापनाकालदेखि अनवरत रुपमा योगदान दिदै आई रहेकी संस्थाका सदस्यद्धाय माया लामा र रिन्जी तामाङलाई प्रेसिडेण्ट अवार्डबाट सम्मान गरिएको थियो भने मिडिया मार्फत संस्थालाई सेवा गरे वापत मिडियाकर्मी निमा पाखि्रनलाई विशेष सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : ०६ बजे