३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

इकोनॉमिस्ट पत्रिका बिडेनको समर्थनमा



काठमाडौं । बेलायतस्थित चर्चित पत्रिका द इकोनोमिस्टले डेमोक्र्याट जो बिडेनलाई अमेरिकाको राष्ट्रपतिका लागि समर्थन गरेको छ ।

प्रकाशनले बिडेनले “स्थिरता र सभ्यताको” को पुनस्थापना गर्ने तर्क राखेको छ । “उहाँले भत्केको देशलाई फेरि सँगै राख्ने लामो र गाह्रो काम थाल्नेछ,” पत्रिकाले भनेको छ ।

पत्रिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नै भोट हालेका अमेरिकीको प्रतिनिधित्व नगर्ने उल्लेख गर्दै त्यो प्रयाससमेत नगरेको उल्लेख गरेको छ । यसअघि मेमा प्रहरीले काल समुदायका जर्ज फ्लोयडको हत्या गरेपछि ट्रम्पलाई “जातीय तनाव कायम” गरेको आरोप लगाएको थियो।

यो पत्रिकाले सन् १९८० मा रिपब्लिकन रोनाल्ड रेगनलाई समर्थन गरेपछि वाइडेनलाई समर्थन गर्दासम्म ९ जना अमेरिकी राष्ट्रपतिका उम्मेदवारलाई समर्थन जनाइ सकेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ५ : ११ बजे