बेलायती राजकुमार ह्यारी र मेगनको दोस्रो सन्तान छोरी

२०७८ जेष्ठ २४, सोमबार १२:४३

बेलायती राजकुमार प्रिन्स ह्यारी र शरीमती मेगन मार्केलको देसिरो सन्तान छोरी भएको छ ।

बीबीसीका अनुसार छोरीको नाम ह्यारी र मेगनले लिलिबेट ‘लिली’ डायना माउन्टब्याटन–विन्डसर राखिएको जनाएको छ। उनको जन्म गत शुक्रबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा बारबारा अस्पतालमा भएको बताइएको छ।

हाल आमा र शिशु दुवै स्वस्थ्य र सकुशल रहेको बताइएको छ। ह्यारी दम्पती दोस्रो सन्तानको अभिभावक बनेको खबरसँगै बेलायतको बकिङ्घम दरबारले भनेको छ,‘महारानी, प्रिन्स अफ वेल्स र डचिस अफ कोर्न्वल एवम् ड्यूक र डचिस अफ क्याम्ब्रिज उक्त खबर सुनेर प्रसन्न भएका छन्।’

३६ वर्षीय ह्यारी र ३९ वर्षीय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए। विवाहको एक वर्षपछि उनीहरूको छोरा आर्चीको जन्म भएको थियो।

सम्बन्धित समाचार