१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको न्युयोर्क च्याप्टर गठन



न्युयोर्क । प्रवासी नेपाली एकता मञ्च अमेरिकाको संगठन विस्तार र सुदृढीकरण अभियान न्युयोर्क च्याप्टर कमिटीको गठनसँगै शुरु भएको छ ।

सेप्टेम्बर १८, २०२१ मा न्युयोर्कको उडसाइडमा अवस्थित सुम्निमा रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमबाट सौमेन्द्र रञ्जितको नेतृत्वमा न्यूयोर्क च्याप्टर गठनसँगै संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु भएको हो । कमिटीमा उपाध्यक्षमा रामजी पौडेल, सचिव देवकी पाण्डे ( पन्त), सहसचिव केदार पौडेल ( कृष्ण ) र कोषाध्यक्षमा उमा तामाङ्ग, सहकोषाध्यक्ष रामकाजी तामाङ्ग चुनिएका छन् । सदस्यहरुमा मनोज गुरुङ, यम खत्री, धन बहादुर क्षेत्री, गीता भण्डारी , सुशिला पौडेल, दीपक रायमाझी , नारायण घिमिरे, गोम्बा शेर्पा र भवानी राई छन् । त्यस्तै, सल्लाहकारहरुमा खिम भट्टराई , डा. प्रकाश श्रेष्ठ , डा. रस कुमारी गुरुङ, नीलमणि खरेल र मकर राईलाइ चयन गरिएको छ ।

संस्थाका अध्यक्ष टेक गुरुङ र वरिष्ठ नेता भिम कार्की तथा संस्थाका अग्रज डाक्टर प्रकाश श्रेष्ठले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका महासचिव शंकर पन्तले गरेका थिए भने कमिटी चयनको लागि लक्यान लामा, युवराज खनाल, केन्द्रीय सदस्य चेतनाथ भट्टराई सम्मिलित निर्वाचन कमिटी बनाइएको थियो ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य शेषराज खतिवडाले संस्थाको वैधानिक आधार र वरिष्ठ नेता भीम कार्कीले सांगठनिक अवधारणाको बारेमा प्रकाश पारेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष यम लामाले स्वागत गरेपछि सुरु भएको कार्यक्रमलाई आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्ग, युनाईटेड किरात राई अर्गानाइजेशन अफ न्युयोर्कका अध्यक्ष केशवराम राई, जनप्रगतिशील मञ्च अमेरिकाका केन्द्रीय सदस्य विजय ज्ञवाली, कलाकार संघ अमेरिकाकी अध्यक्ष निशा सुनार, किरात याक्थुङ्ग चुम्लुङ्ग अमेरिका अध्यक्ष सुमन थाम्सुहाङ्ग लिम्बु, द गुरुङ ( तमु) समाज अमेरिकाका निवर्तमान वोर्ड अफ डाइरेक्टर एलिशा गुरुङ, दर्शन ठकुरी समाज न्युयोर्कका अध्यक्ष मिलन कुमार शाही र तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामालगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका केन्द्रीय अध्यक्ष टेक गुरुङले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए भने नवनिर्वाचित कमिटीक अध्यक्ष सोमेन्द्र रञ्जितले न्युयोर्कको नेपाली समाज सेवामा आफु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १२ : ५४ बजे