८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल शेर्पा संघको जनगणना अभियानलाई अमेरिकाबाट आर्थिक सहयोग


Ang

२१ कार्तिक २०७८, आइतबार  

2
Shares

नेपालमा हुन लागेको ‘मेरो गणना मेरो सहाभागीता राष्ट्रिय जनगणना २०७८’ मा कोही पनि नछुटुन भन्ने उद्धेस्यले यतिखेर सवै जातीय सस्थाहरु क्रियासिल भइरहेका छन । विभिन्न जातीय सस्थासंगै नेपाल शेर्पा संघले पनि यस पटकको जनगणनामा कोही पनि नछुटोस भन्ने उद्धेस्यले देशव्यापी प्रचारप्रसार अभियान शुरु गरेका छन । १२ औ राष्ट्रीय जनगणना २०७८ मा “शेर्पा लेखौ,लेखाऔं” भनि राष्ट्रब्यापी प्रचारप्रसार भईरहेको संघको यो अभियानलाई अमेरिकाबाट आर्थिक सहयोग गरेका छन ।

नेपाल शेर्पा संघले शिक्षा , स्वास्थ्य र जनसंख्या विभाग गठन गरि विभागको संयोजक दावा शेर्पाको संयोजकत्वमा भइरहेको यो अभियानको लागी दोलाखा घर भई हाल संयुक्त राज्य अमेरिकामा बसोबास गदै आएका दोलाखा शेर्पा समाजका समाजसेवीहरू र संयोजक शेर्पाको आफन्तहरुको प्रयासमा १ लाख ११ हजार ९ सय ३४ रुपिया संकलन गरि पठाएको छ । उक्त रकम अमेरिकाबाट संघको काठमाडौस्थित सेन्चृरी कर्मसीयल बैकमा पठाएको छेवाङ शेर्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १ : १७ बजे