३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

इन्धन मूल्य घटाउने नवनियुक्त बेलायती प्रधानमन्त्रीको प्रतिवद्धता



बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेकी थिइन् । तर कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उनले नागरिकको इन्धन मूल्य नियन्त्रणको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइन् ।

रिपोर्टका अनुसार यो योजनामा बेलायतको कोभिड–१९ कालीन रोजगार सहयोग योजनालाई उछिनेर १०० अर्ब पाउन्ड (११६ अर्ब अमेरिकी डलर) भन्दा बढी खर्च लाग्न सक्ने बताइएको छ ।

न त ट्रस न त उनको कार्यालयले नागरिकको पिडा बनेको इन्धन मूल्यबारे पुष्टि गरेको नभएपनि डाउनिङ स्ट्रिटले बुधबार राति मात्र प्रधानमन्त्रीले ‘साहसिक कार्य योजना’ ल्याउन लागेको बताएी छिन् ।

“मलाई थाहा छ देशभरिका परिवार र व्यवसायहरू यस शरद ऋतु र जाडोमा कसरी गुजारा चलाउने भनी चिन्तित छन्,” उनले भनिन् ।

उनले भनिन्, “युक्रेनमा रूसी नेता भ्लादिमिर पुटिनले घोषणा गरेको युद्ध र युरोपमा ग्याँस आपूर्तिको हतियार विश्वव्यापी मूल्य वृद्धि गरिरहेको छ । यसले स्पष्ट पारेको छ कि हामीले हाम्रो दीर्घकालीन ऊर्जा सुरक्षा र आपूर्तिलाई बढावा दिनुपर्छ ।”

“हामी इन्धन विधेयककासाथ मानिसहरू र व्यवसायहरूलाई मद्दत गर्न तुरुन्तै कदम चाल्नेछौं तर यी समस्याहरूको मूल कारणलाई सम्बोधन गर्न निर्णायक कदम चाल्नेछौं, ताकि हामी फेरि यो स्थितिमा आउन नपरोस् ।”

बेलायती घरपरिवारले अक्टोबरदेखि घरेलु विद्युत् र ग्यासको मूल्यमा ८० प्रतिशतले वृद्धिको सामना गरिरहेका छन्, जसका कारण लाखौं मानिसले यो जाडोमा आफ्नो घर तताउन नसक्ने डर सिर्जना गरेको छ ।

यूरोपमा इन्धन मूल्यमा जनवरीदेखि अझै वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ५ : १३ बजे