१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

आधीबेरिको कारण फलोरिडा र साउथक्यारोलिनाको जनजीवन प्रभावित


Ang

१५ आश्विन २०७९, शनिबार  

0
Shares

फलोरिडा राज्यमा केही दिन अघि आएको आधीवेरिको कारण त्यहाको जनजीवन निकै अस्तव्यस्त भएको छ । आधीवेरिकै कारण अहिलेसम्म २१ जना भन्द बढिको मृत्यु हुनको साथै सयौको उद्धार गरिरहेको अधिकारीहरुले जनाएका छन । आधीवेरिकै कारण विधुत आपुर्ति बन्द भएको छ ।

यो प्राकृतिक विपतिमा परेकाहरुलाई यतिखेर विभिन्न राज्यहरुबाट सहयोग गरिरहेका छन । फलोरिडाबाट आएको आधीको कारण आसपासको राज्यहरु हुदै साउथक्यारोलिनाको विभिन्न क्षेत्रमा असर परेको छ । दिउसो ८५ माइल प्रति घण्टाको दरले आएको हावाहुरिको कारण साउथक्यारोलिनको करिब ३ लाख ग्राहकहरुको घरमा विधुत आपुति बन्द भएको छ ।

हावाहुरिकै कारण जनजीवन कठिन हुन थालेपछि सरकारले उद्धारका लागी ९० नेशनल गार्डको सुरक्षाकर्मिको टोलि र ११ वटा हेलिकप्टर परिचालन गरेको जनाएको छ । त्यस्तै बाटोमा लडेको रुख हटाउनकै २ हजार जना खटाएको जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ३ : ०९ बजे