२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

न्युयोर्क ओपन कराते च्याम्पियसीपमा इन्टरनेशनल मार्सल आर्टसले पाए ७ स्वर्ण


Ang

२३ आश्विन २०८०, मंगलबार  

72
Shares


न्युयोर्क ओपन कराते च्याम्पियनसीपमा इन्टरनेशन मार्सल आर्टस एसोसियसनका खेलाडीहरुले ७ स्वर्ण सहित विभिन्न पदक जित्न सफल भएका छन । न्युयोर्कको वेष्टचेष्टरस्थित कम्युनिटि कलेजमा भएको च्याम्पियनसीपमा काता र कुमुते दुबैमा अंकित श्रेष्ठ, अदित्य राय, मोहमद आइले स्वर्ण पदक जितेका छन ।

त्यस्तै माधव पुनले कातामा स्वर्ण र कुमुतेमा रजत पदक जितेका छन । त्यसैगरि एसिया गुरुङले कातामा रजत , कुसुम गुरुङ र एसपरान्जा मारसेलिे कुमेतमा रजत पदक जितेका छन । त्यसैगरि तेन्जिङ एम, पि्रति गुरुङले कातामा रजत जितेका थिए । सौराभि गौचन, केभिन नाउलोले कुमुतेमा कास्य र कृष लामाले पनि कातामा रजत जितेका छन ।

हरेक वर्ष हुदै आएको यो प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुसंगै क्यानडा र मेक्सिको गरि करिब ४ सय ५० भन्द बढि खेलाडीहरुको सहाभागीता रहेको थियो । कराते प्रशिक्षक पारखी राईद्धार सञ्चालित यो डोजोमा खेल्दै आएका खेलाडीहरुले विभिन्न प्रतियोगिताहरुमा भाग लिदै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ५६ बजे