१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

न्युर्योकमा मनायो डुक्ल्हो शेर्पा ल्होसार


Ang

८ फाल्गुन २०८०, मंगलबार  

282
Shares


शेर्पा समुदायको महान चाड २१५१ औ सिङफो डुक्ल्हो ल्होसारको अवसर पारेर शेर्पा किदुगले न्युयोर्क ल्होसार विशेष कार्यक्रमको आयोजना गरियो । मौलिक शेर्पा सस्कृति झल्कने गरि आयोजना गरेको कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कुले बुद्धको प्रतिमा सामु छयोमी बालि कार्यक्रमको उदघाटन गरेका थिए । नेपाली र अमेरिकी राष्ट्रिय गानासंगै शेर्पा बालबालिकाहरुले बौद्ध मन्त्रपाठसंगै कार्यक्रमको शुरुवात गरेका थिए । किदुगको महासचिव साङदोर्जि शेर्पाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरुलाई किदुगका उपाध्याक्ष सांङबु शेर्पाले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा खुम्बु गाउपालिका, शेर्वि रिग्सुङ लोप्टा र रामेछाप समाजका कलाकारहरुले मौलिक शेर्पा नृत्य सेब्रु प्रस्तुत गरेका थिए । त्यस्तै मिस मंगोल विजेता पासाङ डोल्मा, वाङदी शेर्पा, सानु शेर्पा , जेम्स डिनकाउपलिन र शिव परियारले गीत गाएका थिए ।

कार्यक्रममा किदुगले खेलकुद क्षेत्रमा योगदान पुर्‍याए वापत डिजे जाङबु शेर्पा र सोनाम शेर्पालाई सम्मान गरेका थिए । त्यस्तै मिस नेपाल नर्थअमेरिका विजेता जुब्लि शेर्पा र मिस मंगोल बिजेता पासाङ डोल्मा शेर्पालाई पनि शेर्पा किदुगले सम्मान गरेका थिए । कार्यक्रममा न्युयोर्कसिटिको कमिसनर अफ इमिग्रेसन एफेयस मिनाइनल कास्त्रो र एसेम्बलीम्यान स्टेफन रागा, किदुगका अध्यक्ष तेम्बा शेर्पा, प्रमुख अतिथि सोनाम शेर्पाले ल्होसारको शुभकामना दिएका थिए ।

किदुगले ल्होसारको पहिलो दिन आफनै भवनमा करिब हजार जनाको उपस्थितिमा ल्होसार छेवाचि मनाएका थिए । ल्होसारको एक हप्तापछि शनिबार सम्पन्न यो ल्होसार पाटीपछि आगामी मार्च ९ मा सम्पुर्ण प्राणी जगतको हित कल्याणको लागी ग्याप्सी पुजा र अपि्रल १४ मा ल्हास्सो कार्यक्रम आयोजना हुन लागेकेा किदुगको महासचिव साङदोर्जि शेर्पाले एभरेष्टटाइम्सलाई बताए ।

तस्विरहरु शेर्पा किदुगको फेसबुकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : २६ बजे