३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

न्युयोर्कमा शेर्पा संघ अमेरिकाले ल्होसार शुभकामनासंगै शेर्पा भाषाको एप उदघाटन ।


Ang

५ चैत्र २०८०, सोमबार  

258
Shares


शेर्पा संघ अमेरिकाले विगत झै यस पटक पनि ल्होसारको विशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो । नेपाली कन्सुलेट न्युयोर्ककी बाणिज्यदुत विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नेपालीको महान चाढ ल्होसार शुभकामनासंगै न्युयोर्कमा कन्सुलेटले वितरण गदै आएको राहदानीको नया थप जानकारी दिएकी थिइन । कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित धर्म गुरु लोपेन गिर्मि छोढक, ग्लोबल शेर्पा संघको बरिष्ठ उपाध्याक्ष निमा शेर्पा, जनजाती महासंघ फिप्नाका अध्यक्ष तोरण बहादुर गुरुङ,

शेर्पा किदुगको अध्यक्ष इन्जिनियर तेम्बा शेर्पा, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्हाङ, दुजुम धर्म हाउसका अध्यक्ष छोङबा शेर्पा, हामी नेपाली ग्लोबलको अध्यक्ष् शोभकान्त पाण्डे, खुम्बु पासाङल्हमु समाजका अध्यक्ष गेल्जे शेर्पा, दोलखा श्यामा शेर्पा समाजका अध्यक्ष दावा शेर्पा ,इन्द्रवती गाउपालिकाका पुर्व प्रमुख बंशलाल तामाङ, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, संघका सल्लाहकारहरु फुरि शेर्पा, फरादेण्डी शेर्पा, नुर्बु शेर्पा, आङछिरिङ शेर्पा, संरक्षक समितिका सदस्यहरु आङतेन्डी शेर्पा, संरक्षक डोल्मा शेर्पा, छिरिङ शेर्पा गर्जाले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा लगोडिया विमानस्थलमा आगो लागेको टयाक्सी निभाएर विमानस्थलमा ठुलो आगजनिबाट रोक्नमा योगदान गरेवापत शेर्पा किदुगको ट्रष्टी कमिटिका संयोजक ल्हाक्पारिन्जी शेर्पालाई संघले खादा र प्रमाणका साथ सम्मान गरिएको थियो । त्यस्तै मिस मंगोलिय विजेता पासाङडोल्मा शेर्पालाई पनि सम्मान गरिएकेा थियो ।

दोश्रो चरणमा भर्खरै सम्पन्न विश्व शेर्पा संघमा निर्वाचित पदाधिकारीहरुलाई संघले बधाई शुभकामनाका साथ खादा लगाइदिएका थिए । उक्त अवसरमा विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा भाषा एपको पनि अमेरिकाको लागी विधिवत रुपमा उदघाटन गरिएकेा थियो । उक्त एप धर्मगुरु गिर्मिछोढक, बाणिज्यदुत अधिकारी र विश्व शेर्पा संघका पदाधिकारीहरुले संयुक्त रुपमा उदघाटन गरिएको थियो । ‘ शेर्पा जातीको भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी संघले निर्माण गरेको एप अमेरिकामा विधिवत रुपमा शुरु भएको जानकारी गराउन पाउदा खुसी लागेको छ ‘ विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले बताए । विश्व शेर्पा संघले एपसंगै भारतको बुद्धगायामा शेर्पा समुदायको बेग्लै धर्मशाला निर्माण प्रक्रिया शुरु गरिसकेको महासचिव शेर्पाले जानकारी दिएको छ ।

कार्यक्रमको अन्तमा नेपालमा लामो समयदेखिन डिजे गदै आएका डिजे तेन्जिङको सगरमाथा आरोहण सफलताका कामनासंगै शेर्पा संघको झण्डा हस्तरण गरेका थिए । सर्वोच्च शिखरमा संघको झण्डा लैजान लागेको उनको अभियानलाई संघले आर्थिक गर्ने भएको छ । कार्यक्रममा पासाङल्हमु शेर्पा, छेकी शेर्पा र कुन्साङ शेर्पाले शेर्पा स्वागत गीत गाएका थिए । कार्यक्रममा शेर्पा संघ अमेरिकाका अध्यक्ष एपि लामा शेर्पाले ल्होसारको सवैलाई शुभकामना दिदै अमेरिकी मुलधारमा प्रवेस गर्नका लागी मतदाता नामवालीमा नाम लेखाई सहयोग गर्न आग्रह गरेका थिए । ‘ हामी यो मुलुकमा छौ अब यहाको मुलधारको राजनितिमा विस्तारै प्रवेसको लागी सबैले भोटरलिष्टमा नाम लेखाउ र सकेको सहयोग गरौ भन्ने अनुरोध पनि गर्दछु’ अध्यक्ष एपिले बताए ।

कार्यक्रम संघको महासचिव छिरिङ शेर्पाले सञ्चालन गरेका थिए भने उपस्थित अतिथिहरुलाई संघको उपाध्याक्ष् दाजिमा शेर्पाले स्वागत मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ४३ बजे