२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

नर्थक्यारोलिनामा नेपाल टेलिभिजनको प्रबन्धक निर्देशक फुलमान बललाई स्वागत


NP

२५ भाद्र २०८१, मंगलबार  

8
Shares


नर्थक्यारोलिना नेपाली साहित्य समाजले पत्रकार,साहित्यकार एवं नेपाल टेलिभिजनका प्रबन्धक निर्देशक फुलमान बललाई नर्थक्यारोलिनामा स्वागत तथा सम्मान गरियो । स्थानीय हिमालयन ग्रिल रेष्टुरेन्टमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शिखर दुलालले बललाई खादा र फुलका साथ स्वागत एवं सम्मान गरेका थिए । लामो समय कान्तिपुर दैनिकमा पत्रकारिता गदै आएका फुलमान नेपाली साहित्य क्षेत्रमा परिचित नाम हुन ।

उनले गीत, कविता लेखनसंगै पछिल्लो समय निरफुल नेपाली कथानक चलचित्रको लेखन र निर्माण गरेका छन । कार्यक्रममा साहित्यकार बलले सबैको मुन छुने समय सन्र्दर्भिक कविताहरु प्रस्तुत गरेका थिए । कवितावाचनसंगै उनले नेपालको सञ्चार क्षेत्रको विकाससंगै र विदेशमा बस्ने नेपालीहरुले नेपाललाई गदै आएको योगदानको समेत चर्चा गरेका थिए । कार्यक्रममा डा ऋषि वस्ताकोटी, प्रेमराज सापकोटा, चन्द्रमणि गुरागाइ, पेशल पोखरेल, जितमान बस्नेत, भुपेन्द्र अधिकारी, आङछिरिङ शेर्पा, नम्रता आचार्य, निलमकार्की निहारिका र इश्वर देवकोटाले कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : ४२ बजे