२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

जिपीके फाउन्डेशनको वार्षिकोत्सव र नारी दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न



गिरीजाप्रसाद कोईराला फाउन्डेशन ( जिपीके फाउन्डेशन) अमेरीकाको स्थापनाको पाँचौं वार्षिकोत्सव तथा ११५औं अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा न्युयोर्कको क्विन्सस्थित एल्हमस्ट हस्पिटलको अडिटोरीयम हलमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

न्युयोर्क राज्यस्थित क्विन्स् काउन्टीकी डिस्ट्रिक्ट एटोर्नी सम्माननीय न्यायाधीश मेलीन्दा काज उक्त कार्यक्रमको प्रमुख अतिथि थिइन् भने न्युयोर्क राज्यका एसेम्ब्लीमेन माननीय स्टेभेन रागा सो कार्यक्रमको विशेष अतिथि थिए । उक्त कार्यक्रममा समाजलाई उत्कृष्ठ योगदान दिने सातजना नारीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि काजले फाउन्डेशनको सामाजिक कार्यहरुको प्रशंसा गर्दै कोरोनाकालदेखि निरन्तर रुपमा समाजमा अग्रणी भूमिका निर्वाह गरेको बताइन् ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका विशिष्ठ प्रतिनिधिलगायत अमेरिकास्थित विभिन्न १५ राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । नेपालका विभिन्न सामाजिक एवं सांस्कृतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वहरुलाई विशेष सम्मान एवं पुरस्कृत समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बिभिन्न देश, भाषा, धर्म र समुदायका नारी एवं पुरूषहरूको सहभागिता थियो । नेपाली लोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाँ साँकृतिक नृत्य, भारतीय नृत्य लगायतका प्रस्तुतीहरू कार्यक्रमका विशेष आकर्षण बनेका थिए ।

कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले संक्षिप्त मन्तव्य दिँदै नारी दिवसको शुभकामना दिंदै फाउन्डेशनका गतिविधिहरूको प्रशंसा गरेका थिए । त्यसैगरी न्युयोर्क सीटी कम्ट्रोलर कार्यालय, कांग्रेसवुमेन ग्रेस मेगं, एसेम्ब्लीमेन स्टेभेन रागालगायत विभिन्न निर्वाचित अधिकारीहरूले आफ्ना तर्फवाट फाउन्डेशनको सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जनौं महानुभावहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन गर्न फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेलाई युवा नेतृ सोनिया तामाङले सघाएकी थिईन् ।अध्यक्ष घिमीरेले आमन्त्रित अतिथिगणको स्वागत गर्दै संक्षेपमा फाउन्डेशनका गतिविधिहरूबारे प्रकाश पार्दै मन्तव्यका लागि अतिथिहरुलाई आमन्त्रण गरेका थिए । उनले विद्यार्थीलगायत अन्य सर्वसाधारण जनसमुदायलाई अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने प्रसादी फाउण्डेशनकी अध्यक्ष जेनी प्रसादको प्रशंसा गर्दै सम्मान गर्न पाएकोमा आफु अत्यन्त गौरवान्वित महसुस भएको बताएकी थिइन् ।

उक्त कार्यमा बिशेष योगदान पुर्याउने सिन्धु अमेरिका वेलफेयर सोसाइटीका अध्यक्ष पासाङ नोर्वु शेर्पा र वनको स्वयंसेवी टीमलाई सम्मानित गरिएको थियो । सिन्धु अमेरिका वेलफेयर सोसाइटीका अध्यक्ष शेर्पाले आफ्नो मन्तव्यको क्रममा फाउण्डेशनसॅंग हातेमालो गर्दै सहकार्य गर्ने अवसर मिलेकोमा हर्षित भएको र अगामी दिनहरुमा पनि यसरी नै एक भएर समुदायका लागि काम गर्ने प्रण गरेकी थिइन् । मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित साहले पनि आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघ धार्मिक एवं आध्यात्मिक संघका महासचिव एवं फाउण्डेशनका सल्लाहकार आदरणीय गुरू दिलीप थांकापन, एनआरएनए न्युयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापा, महिला नेतृ शारदा क्षेत्री, नेपाली अभियान्ता एवं मानव अधिकारवादी नेतृद्वय विमला भण्डारी र डा. मिना कर्णले मन्तव्य दिएका थिए । त्यसैगरी १५ वटा राष्ट्रका महिला अधीकारकर्मीहरुले आ-आफ्नो कथा-व्यथाहरु सुनाउॅंदैं “सबै नारी एs भएर हक अधिकारका लागि अझैं ससक्त भएर लड्नु पर्ने” बताए ।

अन्त्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने उपाध्यक्ष सुवर्ण लामा, कोषाध्यक्ष रेखा श्रेष्ठ, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सुर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, हिरा तामांग र फुडोमा शेर्पालाई अध्यक्ष घिमिरेले प्रशंसा गर्दै धन्यवाद दिएका थिए । उपस्थित सबैलाई फाउन्डेशन परिवारको तर्फबाट धन्यबाद टक्रयाउँदै फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले कार्यक्रम प्रायोजन गर्ने, आर्थिक, भौतिक एवं नैतिक समर्थन गर्ने सबैलाई फाउन्डेशनका तर्फवाट धन्यवाद टक्रयाउँदै उपस्थित सबैमा फाउन्डेशन परिवारको तर्फबाट आभार प्रकट गरेका थिए ।

कार्यक्रममा खानाको प्रायोजन एवं व्यवस्थापन टेष्ट अफ नेपालका प्रोपाईटर एवं फाउन्डेशनकी कोषाध्यक्ष रेखा श्रेष्ठले गरेकी थिइन् भने सहप्रायोजन स्थानीय नेपाली ममः हाउस् रेष्टुरेन्टका प्रोप्राईटर हरी मगर एवं बंगाली रेस्टुरेन्ट मेहमानवेले गरेका थियो ।

कार्यक्रम सहजतापूर्वक सम्पन्न गर्न फाउन्डेशनका आजीवन सदस्यहरू योगेन्द्र अधिकारी र शेखर कार्कीलगायत क्रियाशील सदस्यहरु भावना सिंखडा, नीरज रिमाल, राजु रौनीयार, बील तामाङ, प्रायोजक लाके़श श्रेष्ठ, बरिष्ठ नृत्यनिर्देशक गोविन्द राईलगायतका दर्जनौ खटिएका थिए । अतिथिहरूलाई व्याच वितरण तथा रजिस्ट्रेशनको काम स्वयंसेवकको रूपमा सुश्री जानबी खत्रीले गरेकी थिइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : २९ बजे