१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

१ सय १३ औ देवकोटा जयान्ती


Ang

२१ कार्तिक २०७८, आइतबार  

0
Shares

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरले १सय १३ औं देवकोटा जयन्तीको अवसर पारेर राजधानीमा कवि गोष्ठी कार्यक्रमको आयोजना गर्यो । अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न कार्यक्रम अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सल्लाहकार प्रा.डा.खगेन्द्र लुइटेल र प्रा.डा.मुमुक्षुले महाकवि देवकोटाको बारेमा प्रकाश पारेका थिए । गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक , बोस्टर्न च्याप्टरका अध्यक्ष दीपा राई, अनेसास केन्द्रका सचिब बिमला निरौला, कन्सास च्याप्टर (अमेरिका)का अध्यक्ष कमला न्यौपाने, मधुपर्कका प्रधान सम्पादक जयदेव भट्टराई, च्याप्टरका पदाधिकारीहरू लगायत अन्य आमन्त्रित अतिथिहरूको उपस्थितिमा विभिन्न कविहरूले कविता वाचनसहित देवकोटाको उज्यालो छविलाई सम्झीने गरि स्मरणीय कार्यक्रम भको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ८ : ४५ बजे