१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राप्रपा अध्यक्ष थापा अमेरिकातिर, डेमोक्रेटिक युनियन र प्रवासी नेपालीको कार्यक्रममा भाग लिने



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा बुधबार अमेरिका गएका छन् ।

अमेरिकाको वासिङटन डिसीमा डिसेम्बर ४ देखि ६ सम्म हुने इन्टरनेशनल डेमोक्रेटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेको जनाएका छन् ।

आफ्नो अनुपस्थितिमा राप्रपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई दिएको पनि उनले जनाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १२ : ११ बजे