७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

देउवा नेतृत्वको सरकारमा महेश अाचार्य अर्थमन्त्री बन्दै


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

काठमाडौं । ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमंगल बनाउने भएका छन् । आज प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्भव भए आजै नभए भोलि सानो मन्त्रिमंडल बन्नेछ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि शपथग्रहणमा देउवाले समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट पहिलाृे चरणमा ७ जनासम्मको मन्त्रिमंडल बनाउने तयारी छ । पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने र सबै दललाई समेट्ने गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋयिा धमलासँग कुराकानी गर्दै उनले माओवादी केन्द्र कांग्रेस, फोरम लोकतान्त्रिकबाट केही मन्त्री बन्ने बताए । पसहिलो चरणमा राप्रपाबाट भने सहभागि नहुने बताए । स्रोतका अनुसार पहिलो चरणमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरले शपथग्रहण गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  ११ : ०७ बजे