६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेपालगन्जमा अोलीले भने-काँग्रेस माअोवादीलाई मत किन दिने ? मतपत्र च्यात्नका लागि ?


२८ जेष्ठ २०७४, आइतबार  

0
Shares

नेपालगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई पार्टीलाई पहिलो बनाउनेगरि चुनावी प्रचारप्रसारमा होमिन निर्देशन दिएका छन् ।

आईतबार बाँकेको नेपालगन्ज पुगेका ओलीले विशेष चुनावी सभालाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले भने,‘ असार १४ गतेपछि पनि घाम लाग्छ, कसैको असन्तुष्टि छन् भने तीनको समाधान चुनावपछि हुनेछ ।’

सम्बोधनको क्रममा उनले एमालेलाई राम्रो बनाउनेगरि कार्यकर्ताहरुवीच एकतावद्ध भएर चुनावमा होमिनुपर्ने धारणा राखेका थिए । त्यस्तै उनले मधेसका जनतालाई प्रश्न गर्दै भने( मधेसका जनता सधैं लडाई झगडा र आन्दोलन चाहान्छन् कि शान्ति र विकास चाहान्छन् ? यो प्रश्नको जवाफ जनताले चुनावबाट दिनेछन् । मधेसमा एमालेले जित्नेछ । उनले कांग्रेस र माओवादीलाई मत दिनुपर्ने कारण नरहेको दावी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चितवनको भरतपुरमा हार्ने निश्चित भएपछि कांग्रेस(माओवादीले बालुवाटारमा योजना बनाएर मतपत्र च्यातेको आरोप लगाए ।
उनले भने,‘उनीहरुलाई मत किन दिने ? मतपत्र च्यात्नका लागि दिने ? जनताले कांग्रेस माओवादीलाई भोट माग्न आउदा सोध्नुपर्छ(हाम्रो मत च्यात्नेलाई किन भोट दिने ?

 

प्रकाशित मिति : २८ जेष्ठ २०७४, आइतबार  ५ : ०७ बजे