१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेपाली बालकथाहरू कोरियन भाषामा प्रकाशित


२९ जेष्ठ २०७४, सोमबार  

0
Shares

ललितपुर । कोरियन भाषामा अनुवाद गरिएको नेपाली बालकथा संग्रह ‘अटेरी घडीहरू’ सार्वजनिक गरिएको छ । सोमबार सानेपाको एक पुस्ताकलयमा अग्रज बालसाहित्य सर्जक विनय कसजु, विजयराज अाचार्य, मोहन कार्की, प्रकाशन संस्थाका केशव पराजुलीलगायतले किताब सार्वजनिक गरेका हुन् ।

अटेरी घडीहरू संग्रहमा अग्रज बाल साहित्य सर्जकहरू विनय कसजु, प्रमोद प्रधान, रामबाबु सुवेदी, गंगा कसजु, तेजप्रकाश श्रेष्ठ, गंगा कर्माचार्य, विजयराज अाचार्य, मञ्जु ज्ञवाली, अनन्त वाग्ले, ललिता दोषी, शान्ति सापकोटा, समन श्रेष्ठ, क्रान्ति पाण्डे, माधव नेपाल, मोहन कार्की र नेत्र तामाङ गरी १६ वटा नेपाली कथा र सोही कथाको कोरियन अनुवाद रहेको छ ।

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको किताबको भाषा प्रमोद प्रधानले हेर्नुभएको छ भने कोरियन भाषामा इ गिजु(मुना)ले अनुवाद गरेकी हुन् । चित्र रविन्द्र मानन्धरको रहेको छ । कोरियामा यसै हप्ता किताब विमोचन हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७४, सोमबार  ३ : ५३ बजे