१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

मुस्ताङ किदुगद्धार बाढी पहिरो पिडितको लागी तत्काललाई ३ लाख सहयोग 


Ang

३१ श्रावण २०७४, मंगलबार  

0
Shares

एभरेष्टटाइम्स
न्युयोर्क- मुस्ताङ किदुग युएसएले मातृभुमी नेपालमा हालै गएको बाढी पहिरोमा परि दुख भोग्नु परिरहेकाहरुको लागी राहत स्वरुप तत्कालको लागी ३ लाख रुपिया पठाउन लागेको विज्ञाप्ती मार्फत जनाएको छ । किदुगको आइतबार बसेको बैठकको निर्णय अनुसार अहिले पठाउन लागेको ३ लाख रुपिया काठमाडौ मुस्ताङ समाजलाई यो हप्ताभित्र पठाउन लागेको किदुगका अध्यक्ष राजकुमार विष्ठले जानकारी दिएका छन ।

उनका अनुसार मुस्ताङ किदुगले बढी पहिरो पिडितहरुको लागी अझै पनि थप रकम संकलन गरेर दोश्रो चरणमा फेरि पठाउने योजना बनाएको छ । पहिलो चरणमा पठाउन लागेको उक्त रकम काठमाडौमा रहेको मुस्ताङ समाजले स्थलगत रुपमा वितरण गर्न लागेको विष्टले बताए । मुस्ताङ किदुगले यस अघि भुकम्प पिडितहरुको भनेर १ करोड रुपिया एनआरएनको अध्यक्ष शेष घले न्युयोर्क आउदा विशेष कार्यक्रमको वीच हस्तन्तरण गरेका थिए । उक्त रकम एनआरएनले लाप्राकमा नमुना बस्ती निर्माणको लागी प्रयोग गर्न लागेको छ । ‘ हामी आशाबादी छौ एनआरएनले बनाउन लागेको लाप्राकको नमुना बस्ती चाडै बनेर पिडितहरुले राहत मिल्नेछ’ अध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  ८ : ४६ बजे