१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मञ्जुले ल्याइन् ‘आँप खाने उल्लु’


४ भाद्र २०७४, आइतबार  

0
Shares

ललितपुर । बाल कथाकार मञ्जु ज्ञवालीको चौथो बालकृति ‘आँप खाने उल्लु’ विमोचन गरिएको छ ।

आइतबार विवेक सिर्जनशील प्रकाशनमा आयोजित कार्यक्रममा जुगल स्कुल, धापाखेल कक्षा १० का छात्राद्वय सरिसा श्रेष्ठ र रोहिना श्रेष्ठ, डा ऋषिराम शर्मा, वरिष्ठ कलाकार केके कर्माचार्य, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, वरिष्ठ साहित्यकार विजयराज आचार्य, साहित्यकार सिर्जना शर्मा र शान्ति सापकोटाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको किताबमा कीर्तिकिशोर जोशीको चित्र रहेको छ । ज्ञवालीको किताबमा रहेको कथामाथि जुगल स्कुलका दुई विद्यार्थीले समीक्षा गरेका थिए । कथा नेपाली र अंग्रेजी दुबै भाषामा भएकाले अंग्रेजी विद्यालयका विद्यार्थीहरुलेसमेत मन पराउने रोहिना श्रेष्ठले बताइन् । कथा रमाईलो रहेको र आकर्षक रहेकोले बालबालिकाका लागि यस्तो कथा लेखेकोमा उनले धन्यवादसमेत दिइन् ।

त्यसैगरी सरिसा श्रेष्ठले कथामा लाटोकोसेरो, चमेरो, भ्यागुताजस्ता जनवारको प्रयोग गरिएकाले बालबालिकाले मनपराउने बताइन् । डा ऋषिराम शर्मा, वरिष्ठ कलाकार केके कर्माचार्य, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, वरिष्ठ साहित्यकार विजयराज आचार्य, साहित्यकार सिर्जना शर्मा र शान्ति सापकोटाले कथा र चित्रमा कथाकार र चित्रकारका सफलता र कमजोरीबारे धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार  ५ : २५ बजे