७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

ओलीले झापा–५ मा मनोनयन दर्ता गरे


१६ कार्तिक २०७४, बिहिबार  

0
Shares

काँकडभिट्टा । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराएका हुन् ।

एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६ र २०७० सालमा भएको निर्वाचनमा झापाको सोही क्षेत्रबाट संसद् सदस्यमा निर्वाचित भएका थिए ।

सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट डा खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार  ५ : १३ बजे