२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

फिफनाको आगामी नेतृत्वमा वाङदेल कि रानामगर ?


Ang

२६ मंसिर २०७४, मंगलबार  

0
Shares

आदीवासी जनजाती महासंघ अमेरिका ( फिफना)को अधिबेसन यही आइतबार हुदैछ । अधिबेसनले नया नेतृत्व चयन गर्न लागेको छ । एक दर्जन विभिन्न जातीय सस्थाहरु सदस्य रहेको फिफनाको आगामी नेतृत्वको लागी बरिष्ठ उपाध्याक्ष मनि वाङदेल अघि बडेका छन । त्यस्तै मगर संघ अमेरिकाको महासचिव तथा फिफनाको भुपु महासचिव मान रानामगरले पनि नेतृत्वमै जाने चाहाना राखेका छन । किरात राई सोसाइटीको सस्थापक अध्यक्ष वाङदेल फिफनामा दुई पटक बरिष्ठ उपाध्याक्ष भइसकेको व्यक्ति हुन ।

अधिबेसन हुन एक हप्ता अगावै अध्यक्ष लुइसाङ वाइवाले दुबै प्रत्यासीहरु र सदस्य सस्थाहरुलाई बोलाएर सहमतिको लागी छलफल गरेका थिए । छलफलमा फिफनाका बरिष्ठ उपाध्याक्ष वाङदेललाई किरात राई सोसाइटी अफ अमेरिकाले नेतृत्वको लागी अघि सारेको सोसाइटीको अध्यक्ष खगेन्द्र राईले बताए । त्यस्तै मानलाई पनि लामो समयपछि मगर संघले नेतृत्वका लागी अघि सारेको मगर संघका प्रतिनिधि कुलदिप मगरले बताएका थिए ।

दुबैले नेतृत्वको लागी दावी गरेपछि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्त थोकर, नेवा गुठीका महासचिव विजय मर्हजन लगायतले दुई पटक बरिष्ठ उपाध्याक्ष भइसकेका वाङदेललाई नेतृत्वमा जानका लागी समर्थन गरेका थिए भने मुस्ताङ किदुग , लिम्बु र वालुङले भने सहमतिकै आधारमा नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका थिए । महासचिवमा महिलाको प्रतिनिधित्व गदै विनिता तामाङ र अन्य पदहरुमा हरेक जातीय सस्थाहरुबाट एक जना प्रतिनिधित्व हुने गरि छनौट गर्न लागेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार  ३ : ०३ बजे