काठमाडौं । गायक भुवन सुप्तीहाङ राईले गीत ‘हङकङ आईडी छ कि छैन बहिनी’को भिडियो सार्वजनिक गरेका छन्।
भिडियोमा ब्रिटिस लाहुरे बन्ने सपना बोकेर एक युवाको कथा उनिएको छ । चारपटकसम्म कोशिस गर्दा पनि लाहुरे नभएपछि अन्त्यमा आइडीवाला केटी खोजेर विदेश जाने योजना बनाएका युवा केही नगालेपछि बेरोजगार भएर नेपालमै थन्किन्छन् ।
वि सुप्तिहाङले निर्देशन गरेका भिडियोमा हेमेन्द्र र रोसिनाले अभिनय गरेका छन् भने सुरेन राईको कोरियोग्राफी रहेको छ । दिनेश बान्तावाले सङ्गीत गरेको ‘हङकङ आईडी छ कि छैन‘ शव्द विरेन राईको हो ।
गायक राईले चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिइसकेका छन् । उनको यस अघि ‘तिम्रो माया’ – २०६०,‘सजेसन’ – २०६५, ‘मायाको फूल’ – २०६७‘बदनाम’ – २०६९, ‘सम्मान मेरो’ – २०७४ मा सार्वजनिक भइसकेका छन् ।