४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

बसुन्धरामा ल्होछार सांस्कृतिक कार्यक्रम हुदैं


२० पुस २०७४, बिहिबार  

0
Shares

काठमाडौं । बौद्ध धर्मालम्बीहरुको महान पर्व ल्होछार (नयाँ वर्ष)को उपलक्ष्यमा नेपाल तामाङ समाजले  शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाल तामाङ समाजको आयोजनामा हुन लागेको कार्यक्रम काठमाडौंको बसुन्धारास्थित यति पार्टी प्यालेसमा माघ १ गते हुने भएको हो । सांस्कृतिक कार्यक्रममा रोज मोक्तान, रोशन फ्युबा, विशाल कालतान, जमुना योञ्जन र नायक अमिर दोङको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमलाई वल्ड ट्रेल फाइन्डर, सुमार्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जीवन प्रीन्टिङ प्रेसले प्रयोजन गरेको छ।

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार  ७ : ४६ बजे