शेर्पा भाषा र सस्कृतिमा आधारित चलचित्र टिन्जेनफामा यही मार्चको २५ तारिख र अपि्रलको १ तारिख प्रर्दशन गर्ने भएको छ । शेर्पा किदुगले प्रदर्शन गर्न लागेको उक्त चलचित्र किदुगको हलमा १ बजेदेखि ३ बजेसम्म र ३ बजेदेखि ५ बजेसम्म दुई सो देखाउन लागेको किदुगको खेल संयोजक फुर्वा शेर्पाले बताए । नेपालमा हालै रिलिज भएको शेर्पा चलचित्र टिन्जेफामा आङ निमा शेर्पा ( कुङगा) को कथा र निर्देशन बनेको हो । शेर्पा म्युजिक वल्ड प्रालिको व्यानरमा बनेको उक्त चलचित्रको निर्माताहरुमा कुङगा शेर्पा, आङ निमा शेर्पा ( कुङगा) र तेन्जिङ शेर्पा रहेको छ । चलचित्र किदुगले खेलकुदको सहयोगको लागी आर्थिक संकलन गरि चलचित्र निर्मातालाई पनि दिने भएको छ ।
१७ फाल्गुन २०७४, बिहिबार
0
Shares