६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मीन विष्टले ल्याए ‘थ्रीडी’ गीत, युट्युबबाट सुन्न पनि ‘हेड फोन’ चाहिने


२७ फाल्गुन २०७४, आइतबार  

0
Shares

काठमाडौं । नेपालमै पहिलोपटक संगीतकार तथा साउण्ड ईन्जियर मीन बिष्टले थ्रीडी गीत सार्वजनिक गरेका छन् । लक्ष्मी प्रसाद घिमिरेको शब्द, दिपा लामा र राम धिमालको स्वरमा मीन आफैँले संगीत भरेको “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको थ्रीडी गीत हालै युट्युबमा सार्वजनिक गरेका हुन् । ।

सधैं प्रविधिमा केही न केही नौलो प्रयोग गरिरहन रुचाउने मिनले हेडफोन अनिवार्य लगाएर सुन्न आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ, जसले गर्दा कुनै पहाडी ईलाकामा प्रेममा लिप्त भएर नाच्दै गाउँदै गरेका युवायुवतीको दृश्य स्रोताको मस्तिष्कमा निर्माण गर्न यो गीत सक्षम छ ।

मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका मीन चलचित्रकर्मी पनि हुन् । गीतमा भन्दा पनि उनको यो तेस्रो अायाम (3D) अडियोको कला चलचित्रमा स्कोप रहने हुनाले उनको यो ज्ञान विशेष उपयोगी हुने पक्का छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  १० : ११ बजे