४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

इन्द्रावती अध्यक्ष कपका लागि वडा ११ र वडा ८ भिड्ने


३० चैत्र २०७४, शुक्रबार  

0
Shares

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ऐसेलुखर्क मैदानमा जारी रहेको प्रथम इन्द्रावती गाउँपालिका स्तरीय अध्यक्ष कप टुर्नामेन्ट को फाइनलमा इन्द्रावती ११(बोटगाउ) भर्सेस इन्द्रावती ८ (मिलनचोक) बिच हुने भएको छ।

सेमिफाइनल मा प्रवेश गरेको इन्द्रावती १० (भोटसिपा)लाई इन्द्रावती ११(बोटगाउ ) ले ३-० गोल ले पराजित गर्दै फाइनलमा आफ्नो यात्रा तय गरेको हो।

त्यस्तै सेमिफाइनल मै प्रवेश गरेको इन्द्रावती ८ (मिलनचोक) ले इन्द्रावती ६( बाडेगाउ ) लाई २-० को अन्तर ले पराजित गर्दै फाइनलमा इन्द्रावती ११ को सङ्गा भेट तय गरेको छ।

इन्द्रावती गाउँपालिका का अध्यक्ष बंशलाल तामाङ ले बुधबार उद्घाटन गरेपछि सुरु भएको प्रतियोगिता को फाइनल वैशाख २ विहान ७ बजे हुने छ।

उद्घाटन खेलमा भने इन्द्रावती ८ ले इन्द्रावती २ लाई ३-१ गोल ले पराजित गरेको थियो। प्रतियोगिता ११ टिम समूह सहभागी भएका थिए।साथै भोलि देखि महोत्सव पनि सुरु हुँदै छ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार  ९ : ५४ बजे