२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

‘प्रकाण्ड’लाई विना शर्त रिहाई गर्ने किरातीको माग


२६ श्रावण २०७५, शनिबार  

0
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई विना शर्त रिहाइको माग गरेका छन् ।

शनिवार राजधानीको महानगरीय प्रहरी परिसर टेकुमा माओवादी केन्द्र किराँतीको समूहले प्रकाण्डलाई भेटेपछि राजनीतिक आस्था राखेकै आधारमा गिरफ्तार गरिएकोप्रति विरोध गर्दै उनलाई विना शर्त रिहाईको माग गरेको पार्टीका नेता आलोक राईमाझीले जानकारी दिए ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड, जबरजस्ती चन्दा उठाएको आरोपमा मंगलबार साँझ राजधानीको चाल्नाखेलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हेटौंडाको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कदैँ गर्दा प्रवक्ता विश्वकर्मा सहित नेकपाका कार्यकर्ता मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार  ९ : ५० बजे