७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

प्रजातन्त्र दिवसमा ट्रेड युनियन कांग्रेसको रक्तदान


८ फाल्गुन २०७५, बुधबार  

0
Shares

नेपाल ट्रेड युनियन कांग्रेस सुनसरी र नेपाल कारखाना श्रमिक संघ प्रदेश नम्बर-१ ले संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदानमा दुइ दर्जन बढीले सहभागी जनाएका थिए।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान तथा कार्यालय उदघाटन गर्दै दुहबी नगरपालिकाका मेयर देव नारायण गच्छदारले श्रमिकहरुको समस्या र वृद्धि विकासमा नगरले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्ध गरे।

त्यसैगरी ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइरालाले नगरले अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जिकरण थाल्नु पर्ने विचार राखे। सुनसरी अध्यक्ष माधव चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुई दर्जन बढी श्रमिकहरुले रक्तदान गरेको प्रदेश १ का युवा संयोजक रमेश थापाले जानकारी दिए।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ४ : ३७ बजे