२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

न्युयोर्कमा भव्यताका साथ मनायो ल्हास्सो


Ang

३ बैशाख २०७६, मंगलबार  

0
Shares

न्युयोर्कबासी शेर्पा समुदायले बसन्त ऋतुको आगमानसंगै धार्मिक तथा सास्कृतिक परम्परा अनुसार ल्हास्सो कार्यक्रम भव्यताका मनायो । यो पटक न्युयोर्कबाट डेट घण्टा यात्रा गरि पुगिने काग्यु थोप्तेन छोलिङ गुम्ब्ाामा ल्हास्सो कार्यक्रम मनाएको थियो । शेर्पा किदुगको ल्हास्सो आयोजक समितिले हरेक बर्ष ल्होसारको अवसरमा आयोजना गदै आएको ल्हास्सो यो पटक अपि्रलको १४ तारिख आइतबारको दिन आयोजना गरिएको थियो । यो पटक नेपाली नया बर्षको अवसर पनि परेकोले उपस्थित सहाभागीहरु आपसमा नया बर्षको शुभकामना आदान प्रदान गरि रमाइलो गरेका थिए ।

न्युर्योकको शेर्पा समुदायले हरेक वर्ष मनाउदै आएको यो ल्हास्सो कार्यक्रमनै अमेरिकामा सवैभन्द धेरै नेपालीहरुको सहाभागी हुने कार्यक्रमको रुपमा लिइन्छ । यो कार्यक्रम तयारीका लागी आयोजक समितिका सदस्यहरु ६ महिना अघिदेखिनै खटदै आइरहेका छन । विगत झै यस पटक पनि ल्हास्सो कार्यक्रममा जानेहरुको लागी व्यवस्थापन समितिले विहानै न्युयोर्कको क्विन्स र ब्रुकलिनमा २१ वटा बसहरुको व्यवस्था गरेका थिए । कार्यक्रममा बसको साथै सयाै निजि कारबाट पनि उपस्थित भएका थिए । कार्यक्रम स्थलमा पुग्ने वितिकै आयोजक समिति सदस्यहरुले उपस्थित सवैलाई छिमार ( सेतो पिठो) काधमा लगाइदिएर टशिदेलेकको न्यानो अभिबादनसंगै चिया, डेसिल र सुपले स्वागत गरेका थिए । दिउसो किदुगको लामाहरुबाट धार्मिक नृत्यहरु प्रस्तुत गरेका थिए । त्यस्तै विभिन्न उमेरका बालबालिकाहरुलाई एनएसपिले विभिन्न खेल तथा मनोरञ्जनका कार्यक्रमहरु गरेका थिए । कार्यक्रमको अन्तमा सबै जना आपसमा खुसीयाली साटदै शेर्पा लोक नृत्य सेबु्र र डिजेको गीत संगीतमा नाचेर रमाएका थिए । उक्त अवसरमा आगामी ल्हास्सो आयोजक समितिका सदस्यहरु समेत छानेका थिए ।

‘ परम्परागत रुपमा हुदै आएको यस पटकको ल्हास्सो कार्यक्रममा उपस्थित सवैले मनोरञ्जन लिएको पाउदा हामीलाई धेरै आनन्दा लागीरहेको छ ‘ ल्हास्सो आयोजक समितिका संयोजक सोनाम तेन्जिङ बरुवाले भने-‘ सफा मौसमका वीच सबैको उत्साहजनक सहाभागीता र सहयोगको लागी हामी धन्यवाद दिन चाहान्छौ’ । यस पटक कार्यक्रममा २१ वटा बस र १ सय ७० वटा प्राइभेट कारहरुबाट करिब १७ सय उपस्थित भएको ल्हास्सो आयोजक समितिले जनाएको छ ।

‘ ल्हास्सो कार्यक्रममा उपस्थित अतिथिहरु र सहयोगदाताहरुको सहयोगले ल्हास्सो कार्यक्रम सफल भएको अनुभुती भयो ‘ ल्हास्सो आयोजक समितिको सहसंयोजक छिरिङ टि शेर्पाले भने-‘ सबैको सहयोग र सदभावप्रति हामी धन्यवाद दिन चाहान्छौ ‘ । उनका अनुसार यस पटक अनलाइनबाट पनि टिकट विक्रि गरेका थिए । ल्हास्सो कार्यक्रममा आउनेहरुले ६० डलरको टिकट राखेपनि ६५ बर्षमाथिदेखि ७९ बर्षको सम्मलाई ५० डलर राखिएको उनले बताए । तर ५ बर्षमुनिको बालबालिकालाई निशुल्क र ८० बर्ष माथिको जेष्ठ नागरिकलाई निशुल्कको साथै विशेष सम्मानका साथ आथित्य सत्कार गरिएको थियो । यस पटक उपस्थित सहाभागीहरुलाई टिकटमै ल्हास्सो कार्यक्रम बसन्त ऋतु र हिउद कुन बेला गर्दा ठिक होला भनेर मत सर्भेक्षण गरिएकेा थियो ।

उक्त मत सर्भेक्षणमा ६२ प्रतिशतले बसन्त ऋतुमा र ३८ प्रतिशतले हिउदमा गरु भनेर मत दिएका थिए ।

‘ समग्र शेर्पा समाजलाई समेटने गरि आयोजना हुदै आएको शेर्पा किदुगको यो बाषिर्क ल्हास्सो कार्यक्रम सबैले चित्ता बुझने गरि मनाउनु हाम्रो उद्धेस्य हो ‘ शेर्पा किदुगको महासचिव कर्मा लामा शेर्पाले भने-‘ यो जहिले गरेपनि हामीले हाम्रो धर्म र संस्कृति तथा परम्परालाई स्थायित्व दिनु नै हो । अबको पुस्ताले यो कार्यक्रलाई कसरी लिन्छ भन्ने बारेमा हामीले अध्ययन गरिरहेका छौ ‘ महासचिव शेर्पाले बताए । उनका अनुसार यो पटकको ल्हास्सोमा १४ जना शेर्पा किदुगको संरक्षक सदस्य र ४० जना आजीवन सदस्य बनेका छन ।

यस पटकको आयोजक समितिको सदस्यहरुमा वाङछु शेर्पा सोताङ सोलु, दोर्जी शेर्पा गोलि पिके सोलु , आङ छोग्याल शेर्पा कुरिमा सोलु, दावा शेर्पा तल्लो गार्मा सोलु, छिरिङ टि शेर्पा मैना पोखरी दोलखा, नुर्बु शेर्पा सुन्दर्चे सिन्धुपाल्चोक, साम्तेन जि शेर्पा खुम्जुङ सोलु , पासाङ काजी शेर्पा छुलेमु सोलु, दावा शेर्पा चौरिखर्क सोलु, आङ फुरि लामा बाम्ती भण्डार रामेछाप र सोनाम टि बरुवा लुङथाङ ताप्लेजुङ रहेका छन । ल्हास्सो कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा उपस्थित सबैले आयोजक समितिलाई धन्यवाद स्वरुप खादा लगाइदिएका थिए ।

तस्विरहरु फोटोहेरा डटकम

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ४३ बजे