२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

म नेपाली अमेरिकन-कविता


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

अजय छोचुं

म नेपाली अमेरिकन
५ दशक भो मेरो सेरोफेरो
कलकलाउँदो ती दिनहरु
रमाउँथे गोरा हातहरुका थपडीमा
लाग्थ्यो म उच्च सगरमाथा हुँ
बुद्ध ज्ञान मसँगै छ
गन्धी र मार्टिन लुथर
मेरै अनुयायी हुन्

अरुलाई झै मलाई पनि
फैलिन मन लाग्यो
मेरो संस्कार मेरो संस्कृति
भाषा अनि पहिरन
म जस्तै थुप्रै मिलेर
थपडी सुन्ने रहर बढ्यो
संस्कार र संस्कृतिको
होडबाजीमा पत्तै नपाई थुप्रै भित्राएछु
कांग्रेस कम्युनिस्ट पञ्चे सबै भित्रिए
तर बिपी देखिन महेन्द्र भेटिनँ
भींडहरुमा खोज्दै थिए
सगरमाथा र बुद्धमा
नतमस्तक थपडीहरु
ठेलमठेल गर्दै भ्याएसम्म हेरें
कठैबरा संस्कार संस्कृति
हाट बजारमा बिक्दै थियो अलि पर
आत्म ग्लानि सुस्ताउँदै थियो

म हेरिरहे छेवैमा
ज्याक्सन हाइट
खुल्लमञ्च जस्तै मच्चिदै थियो
वरीपरी मजस्तै थुप्रै अनुहारहरु
गर्जिदै थिए जिन्दावाद मुर्दावाद
एकजमात गोरेहरु
अर्को एभेन्यु छिचोल्दै
गन्तव्य पुग्दै थिए
तर बिक्दै थिए
नेपाली अमेरिकन
बिक्दै थिएँ म
आफ्नै हाटबजारमा

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  १० : ३२ बजे