२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

तामाङ सास्कृतिक केन्द्रमा इन्द्र तामाङ


Ang

११ असार २०७६, बुधबार  

0
Shares

तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र ( ट्रष्ट)को गत आइतबार भएको विशेष सभाले आगामी तीन वर्षका लागि पुनः ईन्द्र तामाङको संयोजकत्वमा ट्रष्टको नया कार्य समिति गठन गरेको छ । उक्त सभाले तत्कालिन तामाङ सोसाईटी अफ अमेरिका हाल तामाङ सोसाईटी अफ नर्थ अमेरिका, सेन्ट्रल कमिटी) अन्तर्गत रहेको तामाङ साास्कृतिक तथा बौद्ध केन्द्र, न्युयोर्क परियोजना औपचारिक रुपमा तामाङ सोसाईटी अफ न्युयोर्क अन्तर्गत रहने निर्णय गरेको जनाएको छ ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिका र तामाङ सोसाईटी अफ न्युयोर्कका अध्यक्षद्धय पदेन सदस्य रहने गरि गठित समितिमा संयोजकमा ईन्द्र तामाङ, सहसंयोजकमा भरत राज लामा, सहसंयोजकमा फुर्वा घिसिङ, सचिवमा राम पाखि्रन तामाङ सहसचिवमा छेमाङ तामाङ, कोषाध्यक्षमा दिपेन्द्र लामा, सहकोषाध्यक्षमा सुनिता घिसिङ तामाङ, सदस्यहरुमा सुवास लामा, सूर्य तामाङ,लालमान तामाङ, अमर तामाङ, कुन्साङ लामा, धन बहादुर वम्जन, मनोज लामा चयन भएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ०८ बजे