३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

बरिष्ठ समालोचक डा लुइटेल सहित ८ पुस्तकको लेखकलाई नगद पुरस्कार


Ang

२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares

अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रवासमा नेपाली भाषा साहित्यमा योगदान पुर्‍याउदै आएका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरियो । समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औं जन्मजयन्तीको अवसरमा पारेर यस पटक वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल सहित ८ विभिन्न पुस्तकका लेखकलाई नगद राशीको साथ सम्मान तथा पुरस्कृत गरियो । बरिष्ठ समालोचक डा लुइटेललाई नेपाली भाषा सहित्यसंगै अनेसासको हितमा योगदान दिए वापत २५ सय अमेरिकी डलर राशिको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्रदान गरियो । वासिङ्टन डिसीमा आयोजित कार्यक्रममा लुइटेललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

उक्त पुरस्कार नेपालका लागी अमेरिकी राजदुत डा अर्जुन कार्की र सम्मानपत्र अनेसासका बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले संयुक्त रुपमा प्रदान गरेका थिए । नेपाली भाषा साहित्य क्षेत्रको विकासमा योगदान पुर्‍याउदै आएका स्रष्टाहरुलाई समाजले हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ । समाजले विगत झै यस पटक पनि दुई बर्षभित्रमा प्रकाशित विभिन्न विधाको ८ उत्कृष्ठ पुस्तकहरुलाई विभिन्न राशीको पुरस्कार दिएको छ । यस वर्ष नेपाली साहित्यका विभिन्न विधामा प्रकाशित आठ पुस्तकहरुमा कथाकार नरेन्द्रराज पौडेलको ( रोबोटका आाखा ) ( कथासंग्रह)लाई दुई हजार डलर राशिको अनेसास सर्वोत्कृष्ट पुस्तक दिएको छ । त्यस्तै उपन्यासकार रमेश दियाली (छाप्रो नं.५५) ( उपन्यास)लाई ११ सय डलर राशिको अनेसास दिल-लीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार प्रदान गरेको छ ।

कुन्ता शर्माद्धारा लिखित ( मेरो मान्छे )( कवितासंग्रह)लाई ११ सय डलर राशिको अनेसास रोहिणी शर्मा -सीता शर्मा सर्वोत्कृष्ट काव्य पुरस्कार प्रदान गरेको छ । sथाकार युवराज मैनालीलाई १ हजार डलर राशिको अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार र उपन्यासकार तीर्थ गुरुङलाई १ हजार डलर राशिको अनेसास स्व डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार प्रदान गरेको छ । त्यस्तै गरि नियात्राकार घनश्याम राजकणिर्कारलाई ५ सय डलर राशिको अनेसास श्याम कार्की इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्रदान गरेको छ । त्यस्तै नमिता बरालको ( आगन-गजल संग्रह)ले पााच सय डलर राशिको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार प्रदान गरेको छ । त्यस्तै संस्कृतिविद् तेजबहादुर कार्कीलाई पााच सय डलर राशिकै मस्टो सांस्कृतिक अनुसन्धानपरक कृतिका लागि पुरस्कार प्रदान गरिएको छ । पुस्तकको लेखकहरुलाई दिदै आएको पुरस्करको लागी विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेको अनेसासले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ५५ बजे