अमेरिकामा मनाइयो उधौली

२०७६ पुष १३, आईतवार ०६:०४

 

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका केन्द्रीय समितिको संयोजनमा न्युइंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्युहेम्प्शायर राज्यमा किरात समुदायको चाड उधौलीसँगै यलम्बर नाइट सम्पन्न भएको छ ।

यलम्बरको तस्विरमा माल्यार्पण तथा अदुवा, जाँडले विधिवत पितृ पुजा गरी उक्त कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गले नेपालका आदिवासी जनजातिहरुको संस्कार, संस्कृतिमा आधारित चाडहरु संसारभरि फैलिएको बताउँदै यसबारेमा भावी पुस्तालाई थप सचेतना र जनजागरणको काम गर्नु पर्ने बताएका थिए ।

अर्गनाईजेसनका केन्द्रीय अध्यक्ष मुना राईले सात समुन्द्र वारी आएर पनि किरात राई समुदायले आफनो मौलिक पहिचान बोकेको साकेला उधौली उभौली बर्सेनी मनाउदै आएको बताइन् ।

परापूर्वकालदेखि मनाउँदै आएको यो संस्कार र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने दायित्व सबैको भएको अध्यक्ष राइको भनाई थियो । कार्यक्रममा नेपालबाट हालै न्युहृम्सयरमा आइपुगेका शहिद भूमि गाउँपालिका धनकुटाका किरात राईहरु दङ्ग कुमारी राई, राजेश राई त्यसैगरी  सुनसरी धरानका निरन राई र सबिना राईलाई खादा लगाएर स्वागत गरिएको थियो भने अर्गनाइजेसनको सदस्य अमेरिकन आर्मीको आधारभूत तालिम सकेर आएका सुप्रिम राईलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको थियो ।

पहिलो चरणको कार्यक्रम अर्गनाइजेसनका न्युइंग्ल्याण्ड च्याप्टरका महासचिव शेखर राईले र दोश्रो चरणको  सांस्कृतिक कार्यक्रम जय राईले सञ्चालन गरेका थिए । कार्यक्रममा न्यु हेम्प्शायर नेपाली कम्युनिटीका अध्यक्ष सोम गुरुङ, एनआरएनए न्यु हेम्प्यसायर च्याप्टरका अध्यक्ष डम्बर कडरिया, अन्तर्रास्ट्रिय साहित्य समाजका अध्यक्ष हरिमाया अधिकारी, इश्वरी भट्ट, तमु समाज न्युहेम्प्शायरका अध्यक्ष छत्र कुमारी गुरुङ, बोस्टन तमु समाजका अध्यक्ष मीन गुरुङ, जनजाति महासंघ न्युहेम्प्शायर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङ, बोस्टन मगर समाजका अध्यक्ष सरिना राना मगर, बुद्ध समाज न्यु हेम्प्शायर का प्रमुख सल्लाहकार लोक लामा, युनाइटेड किरात राई अर्गनाइजेसनका न्युयोर्क च्याप्टरका सभापति केशबराम राई, अन्तर्रास्ट्रिय मार्सल आर्ट्स एसोसियसन न्युयोर्कका प्रोपाइटर तथा करातेका अन्तर्रास्ट्रिय रेफ्री पारखी खालिङ्ग राईलगायतको उपस्थिति थियो ।

सांस्कृतिक कार्यक्रमको संयोजन सल्लाहकार धौलवीर राईले गरेका गरेका थिए  भने नृत्य कोरियोग्राफी भिम मगरले गरेका थिए ।

कार्यक्रममा कृतिका,सबिता, बसन्ती, कन्चन गुरुङ, इन्दु गुरुङ, शुभना, श्रीजना, प्रतिक्षा, देश, सबिन, उदय, निर्जन, माया, कन्चन गुरुङ, इन्दु गुरुङले नृत्य गरेका थिए भने ज्योजो लिङ्ग राई, राकेश राई, बसन्ती राई, चन्द्र राई आदlले गीत गाएका थिए ।

कार्यक्रममा बद्याबादनतर्फ साइमोन राई, स्मिथ गुरुङ, राजेश राई, हुनु हुन्थ्यो भने डिजे राजेन राई थिए । उक्त कार्यक्रममा नेपालका पर्यटनदूत मिसेस नेपाल टुरिजम् छिरिङ्ग डोल्मा शेर्पाले भिजिट नेपाल २०२० को सामाग्री बाँडेकी थिइन् । कार्यक्रममा किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष राम राई, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका डिएमभीपी लोकल च्याप्टर, क्यालिफोर्निया लोकल च्याप्टरले शुभ कामना सन्देश पठाएका थिए । कार्यक्रम न्युयोर्क लोकल च्याप्टरबाट केशब राम राईको नेतृत्वमा भएको थियो ।

सम्बन्धित समाचार